Spread the love

 ६ । असोज 

विराटनगर

                                प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६सय ९३  


प्रदेश १ मा आज १९९ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ९ सय ७६ जनाको नमुना परीक्षण गर्दा ५३ महिला र ६६ पुरुषमा संक्रमण देखिएको  हो ।जसमा १सय ५ जना मोरङका  पनि संक्रमित रहेका छन् । मोरङको विराटनगरका ५४ पुरुष, ४३ महिला, कटहरीका ४ पुरुष, २ महिला, बुढीगंगाका १ पुरुष र ग्रामथानकी १ महिलामा  काेराेना संक्रमण पुष्टि भएको छ ।

 

सुनसरी धरानका पनि  ४ पुरुष, ५ महिला,झापाका १ पुरुष, १ महिला, संखुवासभा, उदयपुरका १–१ जना रहेका छन ।   सिराहाकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६सय ९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

१६ जना उपचारपछि  घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ५सय ५२ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ८५ रहेको छ ।प्रदेश १ मा हालसम्म १७ महिला र ३९ पुरुष गरी ५६ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!