Spread the love

६।असोज  कानेपाेखरी

राेग प्रतिरोधक क्षमता बलियो बनाउने गुर्जोमा कोरोना भाइरसको महामारीपछि मानिसहरूको  धेरै नै चासो बढ्न थालेको छ ।

काेराेना काे महामरी सुरु हुनुभन्दा पहिले  देखीनै प्रयोगमा आएता  पनि कोरोना भाइरसका कारण मानिसहरूले गुर्जो काे फाइदाबारे धेरै थाहा पाइसकेकाे  र  यसकाे महत्व  पनि बुझेको आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन् । डा. कोइरालाले अध्ययनका क्रममा आफूले गुर्जोमा भएको गुणकारी तत्वले शरीरका विकारहरू या टक्सिन निकाल्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र पाचनशक्ति सबल बनाउन मद्दत गर्ने फाइदाहरूबारे थाहा पाएको बताएका छन् । जस्ताे  गाडि सर्भीसिङ्  गरे जस्ताे हाम्राे सरिरलाई पनि  गुर्जाेले  हाेल बडी सबै सरिर सफा गर्ने काम गर्छ ।

कोरोना भाइरसअगाडि पनि गुर्जोलाई ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई   ‍‍‍ ‌‌‌ओखतिकाे रुपमा ‌ ‍खान दिइन्थ्यो । गुर्जो बहुउपयोगी जडिबुटी हो । रोगसँग लड्ने प्रतिरोधात्म  क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा संक्रमणबाट जोगिन मद्दत पुग्छ । गुर्जो धुलो वा डाँठका रूपमा प्रयोग गरिँदै आएको छ ।

डा. कोइरालाका अनुसार दुई ग्लास पानीमा पाँच ग्राम गुर्जोको पाउडर हाली एक चौथाइ हुने गरी उमाल्ने, र पछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ । त्यस्तै डाँठको प्रयोग गर्दा बुढीऔँला जतिको मोटाइ र सोभन्दा थोरै कम लम्बाइको गुर्जोको डाँठलाई थिचेर टुक्रा बनाई पानीमा उमालेर आधा घटाई दिनको एक कप खाने गर्दा फाइदा हुन्छ ।

गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ । यसले शरीरलाई कुनै पनि असर गर्दैन्  । तर, गुर्जोमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसलाई यसको सेवन अलि कमजोर भएको महसुस हुन सक्छ । त्यस्तो भए मह मिसाएर खाँदा हुन्छ । गुर्जोले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ । तर, यो असर लामो समयसम्म रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!