Spread the love

७।असाेज   ।काठमाणडाै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी तथा विद्यालयलाई निःशुल्क इन्टरनेट  सेवा उपलब्ध गराउने भएको छ । भदौं १९ गते शिक्षामन्त्री गिरिराज मणी पोखरेलले पारित गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने भनेर उल्लेख गरिएको छ ।

यस अन्तर्गत असोज १ गतेदेखि नै कार्यान्वयन गर्नका लागी संघ, प्रदेश र स्थानीय तहका निकाय र सरोकारवालालाई निर्देशन दिइसकेको   छ ।

कोरोनाका कारण विद्यालयहरु बन्द भएपछि मन्त्रालयले बैकल्पिक पठन पाठनमा जोड दिदै आएको छ ।इन्टरनेटको पहुँच नभएका कारण सबैले यसमा सहभागी हुन पाएका थिएनन् । अब नि: शुल्क इन्टरनेट लिन  विद्यार्थी र विद्यालयले आफ्नो स्थानीय निकायसँग सम्पर्क गर्नुपर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!