Spread the love
२६ असोज ।भरौल,
सुनसरिको बराहक्षेत्र नगरपालिका वडा न  ५ बस्ने ३७ वर्षका एक पुरुषको आज सोमवार विहान मृत्यु भएको छ । कोरोना बाट मृत्यु हुने निरोज अधिकारी पहिलो व्यक्ती भएकाे हाे । उनी गत साउन देखी दुबै मिर्गौला फेल भएका उनको मिर्गौला प्रत्यारोपण तयारी भइरहेको थियो ।
                       साङकेतिक तसविर
उपचारको क्रममा शुक्रवार डाईलोसिस गर्न विराटनगरस्थित नोबेल मेडिकल कलेजमा लगेको परिवार श्रोतले बताएको छ । अधिकारीको उपक्षरको क्रममा स्वाब परिक्षण गर्दा सनीवार  कोरोन पोजेटिभ देखिएको थियो ।
 राती एक्कासी विरामिलाई श्वास प्रश्वास मा गाह्रो भएको थियो । नोवेलमा उपचार गर्ने क्रममा बिहान करिब ७ बजे तिर मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिएका छन् । मृतकलाई  घर ल्याउन नमिल्ने भएकाेले उतै नोवेलमा शवको व्यवस्थापन प्रोटोकल अनुसार भइरहेको दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!