Spread the love
२। कार्तिक। बराहक्षेत्र
नेपालीहरु आफ्नो हात मुख जोडन र परिवारलाई सुखसयल राख्न भन्दैं बिदेशिने क्रम ह्वातै बढेको छ । नेपालमा जति काम नपाउने र पाएपनि श्रम अनुसारको पारिश्रमिक नपाएको भन्दैं बिदेशिनेहरुको लर्को नै लागेको देखिन्छ ।
अहिलेपनि झण्डै ४८ लाख नेपालीहरु बिदेशी भूमिमा श्रम गरिरहेका छन् । बैदेशिक रोजगारको नाममा बिदेश जाने घर जग्गा बन्दकी राख्ने र आमाबुवा , छोराछोरी श्रीमती, दिदिबहिनि, दाजुभाई समेत छाडेर वर्षौ सम्म बिदेशमा बस्ने र त्यसैको असर केहीले राम्रो घरजग्गा जोडेका छन् भने केहीले परिवारलाई नै बिखण्डन पारिदिएको छ ।
तर कसैले आफ्नो श्रम , सीप र पसिनाप्रति बफदार भएर स्वदेश र बिदेश दुबैतिर राम्रो कमाउन सकिन्छ भन्ने सन्देश समेत दिएका छन् । त्यस्तै मध्येको एक हुन् सुनसरी सदरमुकाम इनरुवा ५ बलाहाका ३६ वर्षिय होम नारायण श्रेष्ठ ।
श्रेष्ठ स्वदेशमा रोजगार नपाएर पैसा कमाउनका लागि १२ वर्ष अघि अफ़्रिकि मुलुक जानुभएको थियो । सुरुमा धेरै कमाउने र घरपरिवारलाई सुख, शान्ति प्रदान गरिने सोचेको भएपनि अरुको मुलुकमा जति नै श्रम र सीप खर्चेपनि आफनो जस्तो नहुने सम्झेर स्वदेश फर्किनुभयो ।स्वदेश फर्केका श्रेष्ठ बिदेशमा कमाएको आम्दानीबाटै आफ्नै गाउँमा बबि ट्रेडर्स सप्लायर्स खोल्नुभएको छ
 श्रेष्ठले नेपालमा आवश्यक र माग अत्याधिक रहेको स्तरीय मदिराको थोक तथा खुद्रा बिक्रीका लागि बबि ट्रेडर्स सप्लायर्सको शनिवार उद्घाटन गरेर सञ्चालनमा ल्याउनुभएको छ । आर्थिक अवस्था कमजोर भएका कारण श्रेष्ठ पैसा कमाउन अफ्रिका गएपछि लामो संघर्ष गरेर १२ वर्ष पछि हालै स्वदेश फर्कनुभएका श्रेष्ठले बिदेशमा श्रम गर्नुभन्दा स्वदेशमै ब्यापार ब्यवसाय गर्ने र आफु पनि कमाउने अरुलाई पनि रोजगार दिने उद्देश्यले इनरुवा ५ बलाहामा बबि ट्रेडर्स सप्लायर्स सञ्चालनमा ल्याएको बताउनुभयो ।
श्रेष्ठले सञ्चालनमा ल्याउनुभएको बबि ट्रेडर्स सप्लायर्सको इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले उद्घाटन गर्नुभएको छ । शनिवार घटस्थापनाका दिन ब्यवसाय उद्घाटन गरेर ब्यवसायमा सफलता हासिल गर्ने शुभकामना श्रेष्ठलाई दिएको नगर प्रमुख मेहताले बताउनुभयो । उद्घाटन कार्यक्रममा सामी परियोजना सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले युवाहरु बिदेशिने क्रम बढेको र बैदेशिक रोजगारकै नाममा ठगि सहित बिभिन्न समस्या झेलिरहेकाहरुको लागि श्रेष्ठको ब्यवसायिक कार्यले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
भट्टराईले अरुको भूमिमा रगत पसिना र श्रम खर्चिनु भन्दा स्वदेशमै रोजगार र ब्यवसाय गर्न जरुरी रहेको श्रेष्ठले त्यसको सुरुवात गरेकोमा होम नारायण श्रेष्ठ बधाई र शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!