Spread the love

१३।कार्तिक।कानेपाेखरी

कानेपाेखरी गाउँपलिका वडा न -४ वस्ने युवा समाजसेवि तथा कानेपाेखरी नेकपा सचिव एवम राजबंसी समाजका माेरङ्ग अध्क्षय मनाेज राजबंशीकाे आज  २९औ जन्म दिनकाे अवसरमा  कानेपाेखरी गाउँपलिका वडा न ६ मा रहेकाे सुनताैली आधारभुत विद्यालय दहिधापका जम्मा ७५ जना विद्यार्थी  भाई वहिनिहरुलाई एक औपचारिक कार्यक्रम गरेर प्रति विद्यार्थी६ – ६ थान कपी र ३  -३ थान सिशाकलम वितरण गरेका छन ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष शेर बहादुर दर्नालकाे अध्यक्षता समाज सेवि तथा प्रदेश न -१ सदस्य ईन्द्र सुब्बाकाे प्रमुख अथितिय कानेपाेखरी गा पा अधिकृत गाेविन्द फुयलकाे विशिष्ट अथितिय  रहेकाे थियाे । कानेपाेखरी गा .पा का स्वास्थ्य शाखा प्रमुख राेहिन्द्र राजभण्डारी काे अथितिय र अन्य समाजसेविहरु एकराज फुयल ,भाेजविर माझी, चिन्तामणी अधिकारी,            विक्रम तामाङ्ग ,भुमि दुलाल, संयाेग काफले ,नविन राई ,किशाेर राजबंशी,  विजय यादव, लगायत काे अथितिय रहेकाे थियाे ।

जन्मदिन काे शुभकामना दिदै कानेपाेखरी गा .पा अधिकृत गाेविन्द फुयलले मनाेज राजबंशी ले छुट्टै तरीकाबाट जन्म दिन मनाएकाेले  उहाँले मनाएकाे जन्मदिनकाे दिन जुन विद्यालयका विद्यार्थीहरुले पाएका छन कपी र कलम यसकाे लागी विद्यार्थी भाई वहिनिहरुकाे उत्तर उत्तर प्रगतिकाे कामना गरेका छन।  त्यसै गरी अथिति गणहरु पनि  पालै पालाे जन्म दिनकाे शुभकामन दिएका छन ।

जन्मउत्सव कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक अभिभावक  तथा विद्यार्थीहरु समेत उपस्थित भएका थिए। विद्यालय नर्सरी देखी कक्षा -५ सम्म संचलन भएकाे र ७५जना निम्न स्तरका विद्यार्थीहरु पठन पाठन गर्दै आईरहेका छन।  कपी कलम पाएपछि विद्यार्थीहरु निकै खुसी भएका छन।

केही झलक हरु 

Birthday Boy मनाेज राजबंशीले आफनाे जन्म दिनमा विद्यार्थीहरुलाई कपी र कलम दिन पाउँदा निकै खुशी भएका छन र आफ्ना घर परिवारका कान्छाे छाेरा भएर सबैले माया  साथ सहयाेग हाैसला दिएर आफु यस ठाउमा आउनकाे लागी घर तथा साथीभाईकाे सहयाेग साथले  आएकाे कुरा बताए । कार्यक्रम भने विद्यालयका प्र .अ धनन्जय फुयल ले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!