Spread the love

 

१३।मंसिर।कानेपोखरी

विद्यानन्द  चाैधरी

मोरङकाे  कानेपोखरी गाउँपालिका वडा न ३ तल्लाे हरकपुरमा मुस्लिम धर्मावलम्बीहरुको धार्मिक संगम स्थल मस्जिद अल तकुवाको विधिवत रुपमा समुद्धघाटन भएको छ।

नवनिर्मित भवनको आज शनिबार नेपाली काङ्ग्रेस जिल्ला सभापति  डिगबहादुर लिम्बुले मस्जिदकाे प्रवेशद्धवारमा  रिवन काटेर समुद्धघाटन गरेका हुन।

साउदी अरबका नागरिक महमद अब्दुलको सम्पुर्ण लगानीमा मस्जिद निर्माण भएको हो भने सो निर्माण कार्य २०७६ कार्तिक महिनाबाट सुरु भएर केहि दिन अगाडि सम्मपन्न भएकाे थियाे ।

मस्जिद निर्माणका लागि ठेक्का लिएका ठेकेदार महमद मुर्तुजाले १५ लाख काे लागतमा मस्जिद निर्माण र रङ्ग राेगन भएकाे बतायाे।कानेपाेखरी भरी जम्मा २५ घर परिवार रहेकाे मुस्लिमहरु जसमध्ये वडा न १ मा ९ घर,  वडा न २ मा ५ घर, वडा न ३ मा १०घर र वडा न  ४ मा १ घर  गरि २५ घर रहेका छन । कानेपोखरी गाउँपालिकाभरीमै मुस्लिम समुदायको बसोबास ज्यादै न्युन रहेका कारणले पनि यस पालिकामा मस्जिद बन्न सकिरहेको थिएन तर हाल आएर विदेशी लगानिबाट सो मस्जिदको निर्माण गरिएको हो।सोही कारणले पनि यस क्षेत्रमा बनेको मस्जिद अल तकुवा एक आर्कषणको केन्द्रबिन्दु बनेको छ।

आज भएकाे एक औपचारीक कार्यक्रममा मस्जिदका अध्यक्ष माेहमद साजित काे अध्यक्षता नेपाली काङ्ग्रेस जिल्ला सभापति  डिगबहादुर लिम्बु काे प्रमुख अथितियता  काङ्ग्रेस जिल्ला सचिव माेदराज घिमिरेकाे विशिष्ट अथिति र साजित मुल्मि, सेख अव्दुल ,सन्ताेष फुयल, जयराज संयाेग राई, मनिष न्याैपाने  शुसिल राई , वडा अध्यक्ष किर्तिमान मादेन सुमन न्याैपाने वडा  सदस्य  तथा कानेपाेखरीका  काङ्ग्रेस महिला प्रतिनिधिहरुकाे समेत अथितियता  रहेकाे थियाे।

मस्जिद निर्माणका लागी साजिद ले १०धुर जग्गा प्रदान गरेका छन र कानेपोखरी वडा न ३का  स्थानिय समाज सेवि काङ्ग्रेसका देवेन्द्र लुईटेलकाे विशेष पहलमा निर्माण भएकाे हाे । मस्जिद उद्घाटनका  डाईनिया बाहुनि र हाेक्लाबारी हरकपुरमा धर्म गुरुहरुकाे उपस्थिती रहेकाे थियाे भने कानेपाेखरीमा केही काङ्ग्रेस का पदाधिकारीहरुकाे निकै जमघट रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!