ठूलो परिमाणमा भारतदेखि घुँगी ल्याउदै गर्दा सशस्त्र प्रहरीले बरामद गरे।

Spread the love

२७।पुस।कानेपाेखरी ।

सिमानाका खटिएका सशस्त्र प्रहरीले भारतदेखि ल्याउदै गर्दा ठूलो परिमाणमा घुँगी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरी विराटनगरले ३ सय केजी तस्करीको घुँगी सोमबार बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बिओपी बखरीका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको प्रहरीले विराटनगर–१६ दरैयास्थित नेपाल भारतको सीमा नाकाबाट तस्करीको घुँगी बरामद गरेको हो । भारतदेखि दशगजा हुँदै नेपाल प्रवेश गराउँन खोज्दा प्रहरीले घुँगी बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो ।

‘टाउँकामा बोकेर तस्करीको घुँगी बोरामा ल्याउँदै थिए,’ सशस्त्र प्रहरी निरीक्षक पन्तले भन्नुभयो, ‘प्रहरीलाई देखेपछि घुँगी छोडेर उनीहरू फरार भए ।’ प्रहरीले ५० केजीको बोरामा प्याक गरेको ६ बोरा घुँगी बरामद गरेको हो । बरामद गरेको घुँगी स्थानीय, जनप्रतिनिधि, क्वारेन्टिन कार्यालयका प्रतिनधीहरुको रोहबरमा खाल्टो खनेर नष्ट गरिएको छ ।

बरामद भएको घुँगी भारतको बतनाहबाट ल्याएको बुझिएको छ । अवैध रूपमा ल्याएको घुँगी विराटनगरका मनोज सहनी, सुलिन्दर सहनी र गीता सहनीको रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । ‘उनीहरूले घुँगी खोज्न मान्छे परिचालन गरि १५ देखि २० रूपैयाँ प्रतिकिलो खरिद गर्ने गर्दछन्,’ यस क्षेत्रका जानकारले भने, ‘नेपाल ल्याएर ५० देखि ६० रुपैयाँ प्रतिकेजी बिक्री गर्दछन् ।’ उनीहरूले ल्याएको घुँगी विराटनगर, सुनसरीको दुहबी र पूर्वीको विभिन्न सहरमा लाग्ने बजारमा पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *