भूमि आयोगको तथ्याङ्क संकलन इकाई कार्यालय खडा, आयोगसँग अन्तरक्रिया पथरी शनिश्चरेमा ।

Spread the love

२७। पुस।पथरी शनिश्चरे,

भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग अन्तर्गत पथरी शनिश्चरे नगरको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालयको आज उद्घाटन भएको छ । आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईंले अन्तरक्रिया कार्यक्रमसँगसँगै नगरको इकाई कार्यालयको उद्घाटन् गर्नुभएको हो ।

नगरपालिका कार्यालयको आयोजनामा दलका प्रतिनिधि तथा नगरपालिकाद्वारा गठित सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका अगुवाहरुसँगको अन्तरक्रियामा बोल्दै गुरागाईंले आयोगले अव भूमि सम्बन्धी समस्या समाधान गरेरै छोड्ने बताउनु भयो ।

उहाँले अघिल्ला आयोगका अधुरा कामहरु समेत सम्पन्न गर्ने आयोगको काम रहने पनि प्रष्ट्याउनु भयो । १ नम्बर प्रदेशका पालिकाहरुमा बसोवास विवरण र तथ्याङ्क संकलन कार्य सुरु हुन थालेको बताउनु भयो । उहाँले भूमिहिन सुकुम्बासीका साथ साथै जोतभोग र पूर्जामा समस्या भएका रअव्यस्थित बसोबासीहरुको समस्या समाधानको काम थालिने जनाउनु भयो ।

समस्या आएको ठाउँमा केन्द्रीय आयोग र सरकारको मन्त्री परिषदसम्म प्रतिवेदन पठाएर समाधान खोजिने उहाँले जानकारी गराउनु भयो । उहाँले सहभागिले राखेका जिज्ञासाको जवाफ दिँदै सुझाव समेत ग्रहण गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख एवम् आयोगका नगर सहजिकरण समितिका संयोजक दिलीपकुमार राईले आयोगलाई सहयोग र सहजिकरणका लागि नगरले प्रत्येक वडामा ३ जनाका दरले कर्मचारी नियुक्त गरेको र अव चाँडै नै विवरण र तथ्याङ्क संकलन कार्य अघि बढाइने जानकारी गराउनु भयो ।

अन्तरक्रियामा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्षहरु गोविन्दबहादुर भण्डारी, कपिलमणि ढकाल, सुकुम्बासी आयोगका पूर्व जिल्ला अध्यक्ष मानप्रसाद लिम्बू, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका अध्यक्ष जहरमान लिम्बू, सचिव देवेन्द्र वनेम, नेपाली कांग्रेसका नगर सभापति टेकबहादुर थापा, जनता समाजसवादी पार्टीका एलबी भण्डारी सहित दलका प्रतिनिधिहरुले धारणा राख्नु भयो । उहाँहरुले भूमिका सवैखाले समस्या एकसाथ समाधान गर्न प्रक्रिया अघि बढाउनु पर्ने सुझाव दिदै आफुहरुले सो कार्यमा सदैव साथ दिने पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *