विद्यालयका प्रधानाध्यापक पोखरेलमाथि विद्यार्थीले गरे कुटपिट ।

Spread the love

२७।पुस।उर्लाबारी ।

मोरङको उर्लाबारी वडा नः६ मा रहेकाे राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलमाथि विद्यार्थीले कुटपिट गरेका छन्।

सोमबार बिहान १० वजे विद्यालय हाताभित्र कक्षा१२ मा अध्ययनरत उर्लाबारी १ का २० वर्षीय निश्चल गुरुङ, उनका साथीहरु सुनसरी इटहरीका २० वर्षीय मोहित राई र उर्लाबारी ५ घर भई विराटनगर बस्दै आएका १९ वर्षीय रविन राईले कुटपिट गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताएका छन।

घटनामा संलग्न रहेका  गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। अन्य दुई जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।  गुरुङ नेतृत्वको समूहले प्रधानाध्यापक पोखरेललाई बोतल, रड र ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शी शिक्षक चुडामणि नेपालले बताएका छन।

राधिका माविका शिक्षकहरुले विज्ञप्ति जारी गरी दोषीलाई कडा कारबाहीकोसमेत माग समेत गरेका छन्। शिक्षकहरुले घटनापछि शिक्षक, विद्यार्थी र कर्मचारी असुरक्षित भएको जनाएका छन्। घाइते प्रधानाध्यापक पोखरेलको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *