विवाह गरेका दुई साता नवित्दै दुर्घटनामा परि नयाँ जाेडीकाे मृतु ।

Spread the love

२८।पुस।कानेपाेखरी ।

झापाको शिवसत्ताक्षीमा भएको सवारी दुर्घटनामा परी दुई साता अगाडि विवाह बन्धनमा बाँधिएका सुनसरीका नवदम्पतिको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसत्ताक्षीको झिलझिले खण्डमा भएको दुर्घटनामा परी सुनसरीका २९ वर्षीय ज्ञानेन्द्र तामाङ र २५ वर्षीय सलिना राईको मृत्यु भएको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नः–७ घर भएका तामाङ र इटहरी–५ की सलिनाको दुई साताअघि मात्रै प्रेम विवाह भएको थियो । उनीहरू केही वर्षयता प्रेम सम्बन्धमा थिए ।

वैदेशिक रोजगारीमा रहेका तामाङ स्वदेशमै केही गर्ने योजनाका साथ फर्किएका थिए । मृतकका भाइ दोर्जेका अनुसार मङ्गलबार इलाम हिँडेका उनीहरु सवार प्रदेश १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकललाई को १ ख ६०९८ नम्बरको यात्रुबहाक बसले ठक्कर दिएको थियो ।

तीब्र गतिमा रहेको बसले ज्ञानेन्द्र र सलिना सवार मोटरसाइकललाई लेन क्रस गरेर ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको बि एण्ड सि अस्पताल बिर्तामोडमा मङ्गलबार बेलुका मृत्यु भएको थियो ।

बस र चालक मोरङको कानपोखरी गाउँपालिका वडा नः–७ का २७ वर्षीय नवीन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *