हाम्रो अभियान’ ले१ सय ५०थान जुत्ता कानेपोखरीकाे सरस्वती आधरभूत विद्यालयलाई ।

Spread the love

२८।पुस।कानेपोखरी

मोरङको कानेपोखरी गाउँपालिका वडा नः–६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालयमा हाम्रो अभियान’ भन्ने युवाहरूको समूहले १ सय ५० जना विद्यार्थीहरूलाई  जुत्ता वितरण गरिएको छ ।

सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको हाम्रो अभियान टिमले ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जुत्ता वितरण गरेको सामाजिक अभियान्त ओसिम आलमले जानकारी दिनुभयो । संस्थाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईलीलाई जुत्ता हस्तान्तरण गरेकाे थियाे । हस्तान्तरण गरिएको जुत्ताहरु विद्यार्थीहरूलाई सोमबार वितरण गरिएको छ ।

आलमले नेतृत्व गरेको अभियानले जाडो सुरू भएसँगै ५ हजार परिवारलाई जाडोको न्यायो कपडा वितरण गरिसकेको छ । उनीहरूले विराटनगरको मानव सेवा आश्रम, बाल श्रम, जेष्ठ नागरिकहरूलाई जाडोको न्यानो कपडा वितरण गरिसकेको आलमले जानकारी दिनुभयो ।

अभियानले यसअघि कोरोना भाइसको संक्रमण रोकथाम र नियन्त्रणको लागि राज्यले गरेको लकडाउनको समयमा मजदुरहरूलाई निरन्तर खाना खुवाएकाे थियो । दैनिक ४ सय ५० जनालाई निःशुल्क रूपमा १ सय २० दिन खाना खुवाएको  थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *