१ ।माघ। ग्रामथान

मोरङको ग्रामथान गाउँपालिका वडा नः-७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका-११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
दिउँसो साँढे १२ बजेको समयमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको हो । मृतक साहको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।