थारुहरु तथा तराई वासीहरु माघी पर्व आज धुमधामका साथ मनाउदै ।

Spread the love

१।माघ।कानेपाेखरी

विद्यानन्द चाैधरी

थारुसमुदायहरुले  तथा  अन्य अरु तराईबासीहरु पनि बडो धुमधामसाथ आज  माघी पर्व अर्थात माघे संक्रान्ती  चाड मनाउने गर्दछन् ।

थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा  समेत मनाईन्छ । आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै विभिन्न   परिकार खाने प्रचन  पनि रहेको छ,  सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ ।

आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिला सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ । सनातन सस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ ।

आजको दिन तिलको पकवानकालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिला सक्रान्ती पनि भनिन्छ । खिचडी तरुल, सख्खरखण्ड, पिडालु  उसिनेर खाने पनि प्रचलन रहेकाे छ । आज माघी सक्रान्ती,देशभर मनाईदै - NP Star Media Pvt. Ltd.

विहान सबेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगाई,     व्राह्मणलाई दान दक्षिणा दिइनुको साथै भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *