पथरी शनिश्चरे नगरपालिकाले गर्याे डीएसपी गिरीको नगरको पहिचान झल्किने मायाको चिनोकाे साथ विदाई ।

Spread the love

२। माघ।पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई सम्मानसहित  नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा जनप्रतिनिधि र कर्मचारीहरुले नगरको पहिचान झल्किने मायाको चिनो सहितले सम्मान गर्दै विदाई गरेका छन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले नगरपालिकासँग समन्वय गरी नगरको शान्ति सुरक्षामा डीएसपी गिरीले छिटो छरितो रुपमा कार्य सम्पादन गरेको जनाउँदै उहाँको उत्तरोत्तर प्रगतिको कामना  समेत गर्नुभयो ।

कार्यक्रममा नगर प्रवक्ता यामप्रसाद गुरागाईं, १ वडाका  वडाध्यक्ष बाबुराम एङ्देन र  वडा नडा नः ६ का वडाध्यक्ष जयबहादुर तामाङले पनि वधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सो अवसरमा डीएसपी गिरीले आफु ०७६ मंसिर २७ गते इप्रका पथरीमा आएर नगरपालिकाको समन्वयमा काम गर्न सहज वातावरण बनेको बताउनु भयो ।

उहाँ  इप्रका पथरी दर्ज भएपछिको पहिलो डीएसपी हुनुहुन्छ । उहाँको पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा सरुवा भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *