२।माघ।सप्तरी ।
नेपाल थारु संघ उदयपुर जिल्लाका जिल्ला सभापति डा. भोगेन्द्र प्रसाद चौधरीले सबैले राजनीतिमा चासो राख्नुपर्ने बताएका छन् ।
माघी पर्वको शुभ अवसरमा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नः-१ भालमन्तीकाे भवरी देवी मन्दिरमा आयोजना गरिएको ७ औँ माघी मेला उत्सव कार्यक्रममा बोल्दै डा. चौधरीले सबैले राजनितीमा चासो राख्नुपर्ने बताएका छन ।
अपार शक्तिशाली भवरी देवी माताको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा राजनितीमा चासो नराख्दा थारु जातीले दुखः पाएको बताउँदै उनले पार्टी जुनसुकै भएपनि राजनितीसँग सरोकार राख्नु जरुरी भएको बताएका छन ।
कार्यक्रममा बोल्दै चौधरीले भवरी देवी माताको मन्दिर पुनः निर्माण देखि लिएर त्यहाँको बिकासका लागि आवश्यक हरेक बिकासका कार्यमा आफुले सहयोग गर्ने समेत बताएका छन् । साथै सम्पूर्ण नेपालीहरुलाई माघी पर्वको शुभकामना दिएका छन् ।