४।माघ।कानेपोखरी ।
विद्यानन्द चाैधरी
मोरङको पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले दुई पालिका जोड्ने झोलुङ्गे पुलले पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकाबासीको मित्रता अझ घनिष्ठ हुने बताएका छन् । कानेपोखरी–६ र पथरीशनिश्चरे –९ जोड्ने डाँसखोलामा झोलुङ्गे पुलको शिलान्यास कार्यक्रममा बोल्दै मेयर राईले सो कुरा बताएका हुन ।
न्यानो सम्बन्ध भएपनि सिमानामा डाँस खोलाको कारणले गर्दा भौतिक रुपमा तुरुन्त भेटघाट गर्ने असहजता भएकाे थियो । तर त्यो अव सहज हुने भएक छन् । उनले हिजो दिनमा कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाले संयुक्तरुपमा डाँसखोलाको तटबन्धनको योजना पहल गरेको राष्ट्रिय योजनामा परेको बताए । डाँसखोलाको तटबन्धन यस बर्ष देखि नै काम सुरु हुने बताउँदै खोला तटबन्धनको लागि थप योजना संघिय सरकारसँग संयुक्तरुपमा मागको पहल गर्ने बताए ।
त्यसैगरी उपप्रमुख यमुना विष्ट बास्तोलाले दुई पालिकामा विकासको गति अत्याधिक भएको बताइन् । पुल, कल्भर्ट, सडक, खानेपानी, विजुली, स्वास्थ्य, शिक्षा, कृषि लयाएत क्षेत्रमा तिव्ररुपमा विकास भएको र विकास भनेको क्रमश हुदै जाने बताईन् । उनले दुई पालिकामा देखिएको सुकुम्बासी समास्याको समाधान यो बर्षमा नै गरिसक्ने समेत बताएका छन् ।
उपप्रमुख विष्टले ४० बर्ष अघि देखिको यो समस्या बताउँदै जस्ले जोतभोग गरेको छ त्यसैलाई नै जग्गाको धनी बनाउँन लागेको बताइन् । पुल १८४ मिटरको लम्बाईमा बन्न लागेको छ । २०७८ सालको माघमा सम्पन्न गर्ने गरी अनसुभी कन्ट्रक्सनले १ करोड ३६ लाखमा ठेक्का लिएको छ । पुल निर्माणका लागि बलबहादुर राईले जग्गा दिएका छन् । पुल बनेपछि रमाइलो, विहिबारे हुदै पथरीशनिश्चरे निस्कने छोटो बाटोको रुपमा स्थानीयले प्रयोग गर्नेछन । कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, नेकपा कानेपोखरी गाउँ कमिटि अध्यक्ष भोला अधिकारी, दानबहादुर बस्नेत लगायत अतिथि रहेका थिए । शिलान्यास कार्यक्रमका सभाअध्यक्ष वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत रहेका थिए भने कार्यक्रम वडा सदस्य त्रिभूनाथ नेपालले संचालन गरेका थिए । पुल बन्नै भनेपछि स्थानियबासीहरु निकै हर्षीत थिए ।