४।माघ।कानेपाेखरी

मोरङ बिराटनगर-१६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा वडाऩः-६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन ।
बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा लुपिजेसिक -११ एम्पुल, डाईजापाम -११ एम्पुल, एभिल -११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट -४५ ट्याब्लेट फेला परेकाे छ ।
यसरी लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।