Spread the love

५।माघ।कानेपाेखरी।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) कानेपोखरी गाउ स्तरीय संघर्ष समिति नेकपा जिल्ला सदस्य एवम् कानेपोखरी गाउँ कमिटी सचीव युवा नेता मनोज कुमार राजबंशी को संयोजकत्वमा २सय५१ सदस्यीय कमिटी गठन  गरेकाे छ जसमा कानेपाेखरीकाे सबै वडालाई समेटिएकाे छ ।
 केराैन काे आदीवासी भवनमा भएकाे भेलामा सचीव मनोज राजबंशीकाे अध्यक्षता रहेकाे थियाे भने  प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य मोरङ सह इन्चार्ज महेश रेग्मी ,बिशिष्ट अतिथि ,प्रदेश कमिटी सदस्य इन्द्र सुब्बा ,जिल्ला सचिवालय सदस्य एवम कानेपोखरी पार्टी इन्चार्ज राजेन्द्र मन्ड्ल (अबिनाश) समेतकाे अतिथि रहेकाे थियाे । प्रदेश सल्लाहकार सदस्य खुल्लु राजबंशी ,कार्यालय सदस्य भोजबिर माझी  संघर्ष समितिमा गाउँ कमिटी सचिवालय सदस्यहरु,गाउँ कमिटी ,वडा कमिटीका सबैकाे उपस्थिति रहेकाे थियाे ।
राष्ट्रिय युवा संघका जिल्ला ,पालिका कमिटीकापदाधिकारी हरु सबै संघर्ष समिति सदस्य रहने कुराकाे जानकारी भेलाका  अध्यक्ष मनाेज राजवंशीले थारु पाेर्टल लाई जानकारी गरायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!