पथरीकाे ९ वटै वडामा अपाङ्गता शिविर सम्पन्न ।

Spread the love

६।माघ।पथरी ।

पथरीकाे ९ वटै वडामा अपाङ्गता शिविर सम्पन्न शिविरमा अपाङ्गता परिचयपत्र लिन बाँकी र लिइसकेका व्यक्तिहरूलाई परिचयपत्र वितरण तथा नवीकरण गर्ने गरिएको छ । पथरी नगर अस्पतालका मेडिकल अफिसर डा. सावन कुमार मेहता, दृष्टि विशेषज्ञ नरेन्द्र यादव, एयर टेक्निसियन (नाक, कान र घाँटी) अम्ब्रेन्द्र कुमार साह र फिजियो थेरापी श्याम साहबाट अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच तथा परीक्षण गरी अपाङ्गताको अवस्था हेरी तत्कालै परिचयपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

हालसम्म ९ वटा वडामा पूर्ण अशक्त अपाङ्गता (रातो)परिचयपत्र पाउनेको संख्या-१सय २९, अती अशक्त अपाङ्गता परिचयपत्र(निलो) पाउनेको संख्या-१सय७३, मध्यम अशक्त अपाङ्गता (पहेँलो)परिचयपत्र पाउनेको संख्या-७९ र सामान्य अपाङ्गता (सेतो)परिचयपत्र पाउनेको संख्या-५१ जना रहेको छ । कार्यक्रम पथरी शनिश्चरे नगरपालिका र करुणा फाउन्डेसनको सहकार्यमा संचालन भएको थियाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *