पथरी शनिश्चरे नगर क्षेत्रमा मर्मत गरिएको कालोपत्रेको अनुगमन् ।

Spread the love

६। माघ।पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मर्मत गरिएका कालोपत्रे सडकको आज अनुगमन् भएको छ । वडा नम्बर १ को आरती सहकारी लाइन, फिल्महल लाइन, यलम्बर चोक, हनुमान चोक, २ को देवीगञ्ज, ४ र ७ को किर्तिपुर क्षेत्रमा मर्मत गरिएका कालोपत्रेको अनुगमन् भएको हो ।

नगर उपप्रमुख एवम् योजना अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा सदस्यहरु, यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू, निर्मला गदाल तथा प्राविधिकहरु दीपक आचार्य र सन्तोष केसी सहितको टोलीले योजना अनुगमन् गर्दै निर्माण  गर्ने कम्पनिलाई   सुझाव समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *