१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोमा गरिव तथा असह्याय ब्यक्तिहरुलाई वाड्याे न्यानाे कपडा ।

Spread the love

६।माघ।बिराटनगर,

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको  छ ।
मोरङको धनपालथान गाउँपालिका वडा नः-३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका वडा नः-२काे बेतौना झोडाका ५० घर परिवारलाई ५० थान गरी १सय घर परिवारलाई १सय थान कम्बल  एक कार्यक्रमगरी  १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बल बितरण गर्नु भएको थियाे  ।
सोही कार्यक्रममा श्रीमती संघकी अध्यक्ष श्रीमती कार्कीले १सय जना असह्याय महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सर्ट पाईन्ट लगायत अन्य लत्ता कपडा समेत बितरण गर्नु भएको थियो ।
कपडा बितरण कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु तथा स्थानियवासीहरुको समेत  उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *