Spread the love

२१।माघ।कानेपाेखरी

विद्यानन्द चाैधरी

मोरङको कानेपाेखरी वडा नः१काे हाेक्लाबारी मा र वडा नः३काे हरकपुरमा  रहेकाे आदिवसी सन्थाल समुदाय हरुकाे ‘सोहराय’  परमपरागत तरिकाले मनाएका छन।  सन्थाल समुुदायको नृत्य तथा रहनसहनको झाँकी प्रस्तुत गरिएको थियो।


६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ। आदिवासी सन्थाल समुदायको बसोबास रहेको गाउँघरमा सोहराय पर्वको रमझम रहन्छ।

पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधिअनुसार ‘गड’ पूजा गरीे पर्व मनाउन सुरू गर्छन्। प्रत्येक वर्षमा ६ दिनसम्म  मनाइन्न यो पर्वको प्रत्येक दिनको बेग्लाबेग्लै महत्व रहेकाे छ।


सन्थाल समुदायको विभिन्न रितिरीवाज र संस्कृती जर्गेनाका लागि महिलाहरु अग्रसर भएका छन्। पुराना पुस्ताले समाल्दै आएको संस्कृती युवा पुस्तामा हस्तान्तरण गर्ने उनीहरु सकृय छन्। सोहराय पर्वको पहिलो दिनलाई ‘उम’ भनिन्छ। यस दिन सन्थाल समुदायका मानिसहरू नुहाईधुवाई घर आँगन सफा गरेर चोखिन्छन्। यसै दिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्ने चलन छ। ‘गड’ पुजामा मराङ बुरू, गोसाई ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाएर पूजा गर्ने गरिन्छ।

यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ। दाकाकै दिन चेलीबेटी र पाहुनाहरूलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजहरूलाई चढाइन्छ।सोहराय पर्वको तेस्रो दिनलाई ‘खुन्टोव’ भनिन्छ। यस दिन समुदायका मानिसहरूले विशेष गरी गाईगोरूसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गर्छन्।

सोहरायको चौथो दिन गाउँका मुखियासहित समुदायका मानिसहरू समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ। यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामकरण गरेको बुढापाकाहरु बताउँछन्।सोहरायको पाँचौं दिनलाई ‘हाकुकाट्कोम’ को रूपमा मनाइन्छ। यस दिन स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गंगटो मारेर ल्याउने र खाने गरिन्छ। यो पर्वको छैटौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन रहेको छ ।

पहिले जंगलमा गएर शिकार गर्ने चलन रहे पनि पछिल्लो समय यो चलन लोप हुँदै गएर अहिले गाउँघरमै भएका जनावरलाई शिकार गरेर बाँडिचुँडी खाने चलन रहेको छ  ।साकरात’का रूपमा मनाइने यस दिन गाउँबाहिरको खुला ठाउँमा केराको थाममा गाडेर तीर हान्ने चलन छ। सो ठाउँमा नायकीको विशेष उपस्थितिमा पूजापाठ र मनोरञ्जन गरेपछि यो पर्व समापन हुने गर्छ। हरकपुरबाट सितल डुडुले तसविर उपल्वध गराएका छन । र काेराेनाकाे कारण धुमधमम संग मनाउन न पाएकाे जानकारी गराउनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!