ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार गर्दै, यात्रु तथा सर्वसाधारण चकित ।

Spread the love

१० फागुन ।कानेपाेखरी 

उर्लाबारीको पूर्व बस स्टेण्ड झापाकाे सिमानामा रहेकाे  ट्राफिक प्रहरीको बिट अगाडी आज बिहान   देखी ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार गर्दै गर्दा यात्रु तथा सर्वसाधारण लाई चकित बनाएकाे छ ।
ट्राफिक प्रहरीको याे नयाँ शैली देखेर यात्रु तथा सर्वसाधारण के भएको हो कि भनी भेला भएर  भिड भाड दिखिन्थयाे । अन्य बेलामा चालकको अनुमति पत्र, ब्लू बुक र गाडीको कागजात हेरिरहेका देख्ने ट्राफिक प्रहरीलाई फरक रूपमा देख्दा यात्रु तथा सर्वसाधारण अचम्मित बनेका हुन् । ट्राफिक प्रहरीले चालकहरूलाई प्रदेश १ मा हर्न निषेधित क्षेत्र घोषणा  भईसकेकाे  जानकारी दिँदै नमस्कार गरेका हुन् ।

‘चालकहरूलाई कृपया हर्न नबजाई दिन आग्रह स्वरूप नमस्कार गरेका हौं’ भनेर उर्लाबारी ट्राफिक प्रहरी पोष्टका प्रमुख टायमप्रसाद सिवाकोटीसहितको टोलीले भनेपछि यात्रु तथा सर्वसाधारण ‘एँ’ भन्दै बाटो लागे ।

 

प्रदेश १काे  ट्राफिक प्रहरी कार्यालय इटहरीमा   ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम रहेको थियो । जसमा बस, ट्रक, ट्याक्टर, तथा अन्य सवारी साधनलाई पनि आग्रह गरिएको थियो । प्रदेश १ को १४ जिल्लामा अस्थायी ७३ र स्थायी १९ गरी ९२ वटा युनिट सञ्चालित छन् । जसमा ४ सय १० जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *