२०।फागुन। कानेपाेखरी
मोरङकाे सुन्दरहरैँचा नगरपालिका वडा न– ३ का २० वर्षीय अजित चौधरीको माेटरसाईकल दुर्घटना बाट मृत्यु भएको छ । बुधबार राति करिब ९ बजे प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार अजित गम्भिर घाइते भएका थिए ।
अजितको नोवेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक सोही स्थान बस्ने ३१ वर्षीय देवकुमार चौधरीलाई प्रहरीले नियनत्रणमा लिएकाे छ ।