Spread the love

२४।फागुन।विराटनगर

सर्वोच्च अदालतले आईतबार सुनाएकाे फैसलापछि विराटनगरमा एमालेको पार्टी कार्यालय ब्युँताइएको छ । पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेकपा एमाले पार्टी कार्यालय तताएकाे छ।विराटनगर–११ पाञ्चालीमा रहेकाे  नेपाल कम्युनिस्ट पार्टी नेकपाको जिल्ला कार्यालय थियो । तर आइतबार सर्वाेच्चको फैसलापछि उत्साहित बनेको ओली समूहले मदन स्मृति भवनमा नेकपा एमालेको बोर्ड राखेको हो ।

पार्टी एकताअघि पनि सो कार्यालय नेकपा एमालेको थियो । पार्टी विभाजपछि ओली समूहले कार्यक्रम गर्दै आएका थिए । सर्वाेच्चको फैसलापछि आइतबार दीपावली गरेको ओली समूहले सोमबार नेकपाको कार्यालय हटाएर एमालेको कार्यालय स्थापना गरेको छ ।काेशी अनलाईन बाट साभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!