Spread the love

२४।फागुन। कानेपाेखरी

नारी घरदेखी वन सम्मकाे संम्हार गर्ने एक देवि हुन । जसलाई विभिन्न नामबाट पुकार्न सकिन्छ ।धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिकी देवी दुर्गा  भनेर नारीलाई पूजा गर्ने हाम्रो नेपाली समाज महिलालाई भने पुरुष जस्तै  समान व्यवहार गर्न  अझसकेको छैनाै।

दैनिकजसो महिला हिंसा, विभेद र शोषणका घटना बोकेर आएको हुन्छ। जन्म उत्सवदेखि मृत्यु संस्कारसम्म भेदभाव र अपहेलना गरेकाे पाईन्छ ।हाम्रो समाजले  धार्मिक एवं साँस्कृतिक मान्यताले नै महिला र पुरुषलाई असमान गराई विभेद गरेको तितो यथार्थ यो कलिलो मानसपटलमा बसिरहेको छ।

आजको २१ औँ शताब्दीमा पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्वयवहार एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा जस्ता अमानवीय व्यवहार सहन बाध्य भएका छन्  ति नेपाली महिला।

हाम्रो समाजले भन्ने गरेकाे छ एक रथका दुई पांग्रा र एक सिक्कामा दुई पाटाको रुपमा नारी पुरुष समान भनी आवाज उठाए पनि व्यवहारमा भने यसकाे  दर्जा दिन सकेको छैन। प्रत्येक वर्ष   मनाइने  मार्च ८ फागुन महिना मा नारी दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो।

महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना गर्नु यस दिवसको लक्ष्य हो। राजनीतिक तवरबाट सुरु  भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू  महिला दिवसका विषयहरू हुन।

विसं २०१६ सालमा प्रधानमन्त्री विपी कोइरालाको पालादेखि यो दिवस मनाउन सुरु गरिएको हो भने महिलालाई मताधिकारको अधिकार भने विसं २००७ सालबाट प्रजातन्त्रको प्राप्ती सँगै भएको हो।ग्रामीण परिवेश र शिक्षाबाट वञ्चित नारीहरु माझ महिला हिंसा विरुद्धकाे आवाज एकीकरण गराउने सामर्थ्य पुराउन सकिएको छैन।

हाम्रो देश नेपालको सन्दर्भमा भने जति नै महिला अधिकार र हिंसा विभेद अन्त्य गर्नु पर्ने नीति निर्माण भएता पनि दिनानुदिन महिलाहरु माथि बढ्दो हिंसा एवं कसूरले दिवस मनाइरहनुको सार्थकता एवं औचित्यमाथि ठाडो प्रश्न खडा गरेको आभास हुन थालेको छ

राज्यले कानुनी, नीतिगत एवं कार्यान्वयनमा संरचनागत व्यवस्था गरी महिला हिंसा नियन्त्रण गर्ने पहल कदमी थालेको साथै उच्च तह र तप्कामा महिलाको प्रतिनिधित्व सुनिश्चित भइसकेको हाम्रो समाजमा महिलाको स्तर र जीवन यापनमा भने सुखद एवं सुरक्षित अनुभूति गर्न सकिने गरी समाज र परिस्थितिले काँचुली फेर्न सकेको छैन।

आज २०७७फागुन २४गते मार्च ८  देशभरी महिला दिदि वहिनिहरुले नारी दिवशकाे उपल्क्षमा विभिन्न जनचेतनामुलक तथा सास्कृतिक कार्यक्रमहरु समेत मनाउदै आईरहनु भएका छन।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!