Spread the love

१३।चैत्र। काठमाडौं ।

रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका गर्नका लागि आयोजित विरोध सभामा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । माइतीघर मण्डलामा आयोजना गरेकाे विरोध कार्यक्रममा सहभागी थापाले सडकमै बसेर सम्बोधन गरेका छन् । विरोध कार्यक्रम थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको थियाे ।

आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले आन्दोलनकारीको १९ बुँदे समस्या र माग बारेमा सरकारको ध्यान गएको बताएका थिए । ‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवादबाट यसलाई हल गरौ भनेर सभा मार्फत बाेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!