Spread the love

१७।चैत्र।काठमाडौं ।

आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति वीचको औपचारिक वार्ता सरकार संग सिंहदरबारस्थित गृह मन्त्रालयमा  शुरु भएको छ ।

बार्तामा सरकारी बार्ता टोलीको नेतृत्व वार्ता टोली संयोजक समेत रहेका गृहमन्त्री रामवहादुर थापा (बादल) काे नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी रहेका छन् भने आन्दोलनकारीका तर्फबाट रुक्मणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् । सरकारले वार्ताका लागि सोमबार मात्र वार्ता समिति बनाएको थियो ।

टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा थिए।

थारुहटका माग सम्वोधन गर्न सरकार लचिलो बनेपछि वार्ता टोली दुवै पक्षले बनाई बार्ताको वातावरण निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!