Spread the love

२२।चैत्र।कानेपाेखरी 

विद्यानन्द चाैधरी

कानेपाेखरी गाउँपालिका का वडा नं १ ,२, ३, मा रहेकाे संथाल जातीहरुले  प्रथम पटक वडा तथा पालिका स्तरिय समिती एक ‍औपचारीक कार्यक्रम गरेर नयाँ समिति बनाएकाे छ ।

चैत्र २१ गते हाेक्लाबारी काे श्रि मा.वि.मा विजय किस्कुकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  नेपाल संथाल आदीवासीकाे केन्द्रिय अध्यक्ष लुखीराम हास्ताकाे प्रमुख अथितिय आदिवासी जनजातीबाट भाेजविर माझी, पार्टिका प्रतिनिधी समाज सेवि हरुकाे अथितियता रहेकाे कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरुलाई बाेलाएकाे तर कार्यक्रममा उपस्थित नहुदा संथालहरुले दुःख व्यक्त गरेका थिए ।

कार्यक्रम प्रमुख अथिति तथा अथितिहरुले व्यानर अनावरण तथा व्यानरमा भएक शब्दहरु बाचन   गरेर उद्घाटन गरेका थिए ।

नयाँ समितिकाे अध्यक्षमा जाेहन मरणडी,  सचिवमा सितल टुडु, उपाध्यक्षमा  पत्रास मुर्मु, काेषाध्यक्षमा कुलमती बेसरा, लगायतकाे ११ सदस्य समिति गठन भएकाे छ । भने संथालहरुकाे हक हितमा बनेकाे समितिले  पालिकाबाट आउने सेवा सुविधा तथा अन्य सामाजिक काममा सधै ततपर हुने बताए । कार्यक्रम आफ्नै  संथालभाषाबाट नयाँ सचिव सितल टुडुले संचालन गरेका थिए भने ३ वटै वडा बाट संथालिक नाच प्रदशन गरेका थिए । उपस्थित संथालहरु सबैले आफ्नै जातिय पहिरणमा सजि  सजाउ भएका  थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!