Spread the love

२७।चैत्र।सुनसरी

चन्द्रकला चौधरी

ऐतिहासिक डिहवार (ग्रामथान) संरक्षणकालागी स्थानिय सरकारमा नीति, कार्यबिधि, रणनीति र ठोस योजनाक
नेपालमा संबैधानिक मान्यता सहितको बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातिय राष्ट्र हो । ऐतिहासिक रुपले विविधता रहेको देश नेपाल पुरानै कालखण्डबाट मान्दै आएका छौँ । विविधतामा एकता समान्तामा हामी आ–आफनै परमपरा रहन–सहन धर्म संस्कार मान्दै आएका छौँ । भुगोलमा तराई, पहाड, हिमाल रहेपनि धार्मिक मान्यता फरक छन् भन्ने बुझ्छौँ । तथापी पनि तराइमा परापुर्वकाल देखि धार्मिक मान्यताले बिशिष्टता हासिल गरेको ग्रामथान सबै भुगोल, धर्म, संस्कृति, जातजातिको प्रतिनिधित्व गर्छन ।
ग्रामथानको इतिहास र मान्यता
आदिवासीहरुको सांस्कृतिक महत्व बोकेको ग्रामथानमा सबै जातजातिको देविदेवता रहेकोले सबै धर्म वा धार्मिक संस्कार पनि गरिन्छ । तसर्थ ग्रामथान सबै जातजातिले मान्नु पर्ने धार्मिक समपदा हो । ग्रामथानलाई डिहवार थानले पनि चिनिन्छ । धार्मिक कर्मक ाण्डकालागी मानिने टोल बाहिर बिशेष संस्कार भएको डिह (उच्च) वा स्थानलाई डिहवार भनिन्छ । ऐतिहासिक रुपमा भुमि प्रयोग गर्दै आएको उच्च शिर्सथलाई डिहवार भनिने गरिन्छ यो थारु समुदायको मौलिक भाषा अन्तर्गत पर्दछ । डिह अर्थात शिर्सथ उच्च डिहवारमा खास थारु समुदायको जिवन, मरण सम्मको संस्कार रहेको हुन्छ । तराइ तथा थरुहठ भुमिको पहिलो वासि थारु समुदायलाई मानिन्छ । थारु समुदाय भुमि पुत्रले पनि परिचय बनाएको छ र मानिन्छ । नेपालको नक्सा निर्माण भन्दा पहिलेको वासि हुन थारु समुदाय ।

त्यसैले नेपालको पहिलो आदिवासी थारु समुदायलाई मानिन्छ । पहिचानको चार आधार भाषा, संस्कृति, भुगोल र आर्थिक जिवनयापन रहेकोले थारु समुदाय आदिवासी हुन् । जति लामो इतिहास छन् थारु समुदायको त्यति ऐतिहासिक मान्यता अनुरुपले धरोहर पनि छन् । ऐतिहासिक धरोहर मध्ये थारु समुदायको प्रमुख संस्कार मानिने डिहवार ग्रामथान हुन् । मानव समभ्यता उत्पति संगै ग्रामथान स्थापना भएको तर्क छ ।

चेतना र बिकासको क्रममा जिवनयापन र मानव रक्षार्थकालागी पहिलेका थारु बिद्धानहरुले प्रकृतिकलाई पुजाआजा गर्ने क्रममा ग्रामथानको स्थापना भएको थारु इतिहास जानकार ब्यक्तिहरुको भनाईरहेको छ । प्रकृतिलाई पुजा गर्ने भएको थारु समुदायको ग्रामथानमा मुर्ति हुदैनन् । माटोको ढिस्को, खम्बा, बासको कर्चि गाडेर केराको पत्तामा अक्षता पानसुपारी लड्ड चढाउने परपरा रहेको छ । ग्रामथानको संस्कार समय यकिन गर्न नसकिने ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीले बताउछन् । यो मानव सभ्यता उत्पती संगै आएको ग्रामथानको मान्यता हो । समुदाय, टोल र जिवन संचालन बस्तु प्रतिको रक्षाकालागी ग्रामथानको बिशेषता रहेको समितिका अध्यक्ष चौधरीले बताए ।
नदी, खोला, जल, जंगलमा आश्रित जिवन गुजारा चलाउदै पछि गएर धान वाली उबजाएर मुख्य कृषि पेसामा आबद्धहुदै हाल सम्म पनि यथावतनै छन् भन्ने वास्तविकतामा यथार्थता रहेको पाइन्छ । यस यथार्थतालाई संरक्षण गर्नकालागी कुनै एक उच्च स्थानमा गएर प्रकृतिलाई पुजा गर्दै समुदायलाई सुरक्षा र अन्नवालीलाई रक्षा गर्ने कामनागरी बर्षमा दुई पटक अखारी र नेमानि पुजा गर्ने चलन हाल सम्म बिधमान रहेको छ । अन्नबाली लगाउने समयमा असार महिना खिर, लडु, फलफुल चढाएर लगाएको वालीका रोग किरा नलागोस भन्दै अखारी पुजा मनाइन्छ भने नयाँ अन्नबाली घर भित्र्याएको अवसरमा आगामी बर्ष पनि बढी भन्दा बढी उब्जनी हुने उधेश्यले मंसिर महिना सोही पहिलो अन्नवाली र दहि च्युरा चढाई नेमानी पुजा गरिन्छ । यो पुजाँ गर्ने चलन थारु समुदायकालागी बिशेष धार्मिक कार्यहुन् ।
रामधुनी नगरक्षेत्र ग्रामथानको अवस्था र स्थिती
नेपालमा पुर्व देखी पश्चिमका थारु समुदाय ग्रामथानमा बिश्वास गर्दै नयाँ पुस्तामा हस्तान्तरन गर्दै आएका छन् । पहिचानकै रुपमा स्थापित ग्रामथान नेपालको धरोहर, समपदा, सम्पति र गहना हुन् । ऐतिहासिक धरोहर, समपदा, सम्पति र गहना रामधुनी नगरपालिकामा उलेख्य रहेको छ । नगरको कुल जनसंख्या ६२ हजार ८ सय १६ जनामा ४०.४१ प्रतिशत थारुको जनसंख्या रहेको रामधुनी नगरपालिकाको तथ्याङ्कमा रहेको छ । जनसंख्या अनुसार ग्रामथानको संख्यात्मक हिसाबले पनि उल्लेख्य रहेको छ । रामधुनी नगरक्षेत्रमा ७८ वटा ग्रामथान (डिहवार) रहेको तथ्याङ्क छ । साबिक रामधुनीभासि नगरपालिका, डुम्राहा र बक्लौरी गाबिस समायोजन हुदै रामधुनी नगरपालिकाको ९ वटै वडामा सो संख्यामा ग्रामथान छन् । रामधुनी वडा नं. १ मा ७ वटा ग्रामथान रहेको छ । यस वडामा सौनधामी, जुराइधामी, बौकाइधामी र बिच्छुधामी डिहवार थान छन् । वडा नं. २ मा ७ वटा थान, वडा नं. ३ मा ६ वटा थान, वडा नं. ४ मा ८ वटा थान, वडा नं. ५ मा ३ वटा थान, वडा नं. ६ मा १४ वटा थान, वडा नं. ७, ८ र ९ मा ११–११ वटा थान रहेको छ । ग्रामथानमा बिभिन्न गहदार (पुजारी)ले पुजा लिएकोहुदा सोही अनुसारले नामाकरण भएको पाइन्छ । रामधुनी क्षेत्रमा सौनधामी, बिच्छुधामी, राजाजी, बौकाइधामी, जुराइधामी, गेदुधामी, जितन धामी, लाटीबौकी, लुलहि गहिल, धामि धमियाइन, सलहेस, खाँखीबाबा, बनखण्डीबाबा, दलसिंहधामी, नंरसिंह सुब्बा, तुमरो मुखिया, सन्यासी, बघेश्वरी, ग्रामथान बिभिन्न टोलमा छन् । सो ग्रामथानमा पहाडको आदिवासीहरुको देविदेवता देवसुब्बा सुब्बेनी, किरात, खसान, खुम्बु लगायत बिश्वकर्मा समुदायको देविदेवताहरु छन् । थानमा अवस्थित सम्पुर्ण आस्थामानित देविदेवताहरुमा बर्षको दुइ पटक पुजा गरिन्छ । पुजाँ गर्ने वेलामा बिशेष झाइल, मृदंग बाध्यवाधन प्रयोग गरिन्छ । सौनधामी थानमा सौनधामीको भजन गाउने चलन रहेको छ । भजन अनुसार ग्रामथानमा छपन्न करोड देवताको वास रहेको मानिन्छ । झाइल, मृदंग सहित भजनमा थारु भाषाबाट यसरी गाइन्छ ।
धामी धामी बरु भेल
बाध बरद हर जोतन गेल
खोली देल बरद हकाइ देल बाध
चली गेल सौनधामी बिजुवन शिकार
हरिणोने मारे धामी सुगरोने मारे
बिछिबिछि मारे धामी मेजुर पुछार
मेजुर मारे धामी करे कोराहार
छपन्न करोड देवता भइले जमाई

रामधुनी नगर अन्तर्गत ग्रामथान बिस्थापनको बर्तमान समस्या
ग्रामथान जति महत्व रहेको छ सो अनुसार थान संस्थागत र संरचनामा बलियो हुन सकेको छैन । धेरैजसो थानमा संस्थागत रुपले समिति निर्माण हुन सकेको छैनन् भने भौतिक संरचना अनुसार टिनको छानो र घेराबेरा छन् त्यसमा वासको टाटी र माटोले घेरिएको अवस्थामा रहेको छ । बर्षको दुइ पटक पुजाँ गर्ने बेलामा सरसफाई गरिनेहुदा ब्यवस्थित गर्न पनि समस्या भएको देखिन्छ । सार्वजानिक धार्मिक स्थल राज्यको सम्पति भएपनि बिशेष ग्रामथानकैलागी नगरपालिका वा वडाबाट उचित बजेटको अभाव रहेको छ । रामधुनी नगरपालिकामा जनप्रतिनिधि आएको चार बर्ष हुनै लागेको छ तथापी पनि हाल सम्म ग्रामथान संरक्षणकालागी ऐन, निति, कार्यबिधि ल्याउन सकेको छैन । ग्रामथानकैलागी नगर स्तरीय बिशेष योजनामा परेको देखिदैनन् । यसप्रकारका समस्या रामधुनी नगरपालिकाको मात्र हैन ग्रामथान प्रतिको सबै स्थानियतहको दृष्टि यस्तै छन् । रामधुनी नगरको सबै ग्रामथान सांस्कृतिक भुमि ऐलानि जग्गामा रहेको छ भने कुनै ग्रामथान नम्बरी जग्गामा पनि रहेको छ । ऐलानि भनेर ग्रामथान चर्चेको जग्गा ब्यतिmको नाममा समेत गरेको पाइन्छ । यस्ले बिस्थापनमा पर्दै संकटकै अवस्था सिर्जना भएको छ ।

रामधुनी वडा नं. ४ इक्राहीटोल र रामधुनी वडा नं. ३ परियारपुर र वडा नं. १ लगुना स्थित रहेको इतिहास कालखण्ड देखिनै थानले चर्चेको जग्गा अतिक्रमणगरी थान बिस्थापित हुने समभावना बढेको देखिन्छ । इक्राहीटोल स्थित बिचछुधामी ग्रामथानले चर्चेको जग्गा २ कठ्ठा छन् । सो क्षेत्रफलको जग्गा अतिक्रमण र चेपुवामा परी १० धुर सम्म मात्र रहेको छ । त्याहा स्थित १० धुर जग्गा पनि हड्पन जिल्ला अदालत सुनसरीमा भु–माफियाहरुले मुद्धा लगाएको अवस्था रहेको स्थानिय पे्रम चौधरीले बताए । रामधुनी वडा नं. ३ को समस्या पनि अतिक्रमणकै समस्या छ । सौनधामी थानले चर्चेको १ कठ्ठा ९ धुर जग्गा मध्ये ब्यक्तिले पाँचधुर मिचेर घर निर्माण गर्न भ्याएको छ । यति मात्र हैन पहुचवालाले ग्रामथानको जग्गा दुई कित्ता काटगरी बिक्री गर्ने समेत प्रयास गरेको स्थानियको भनाई रहेको छ । कित्ताकाट गरेको जग्गा बिक्री गर्न असफलहुदा पछि शिव मन्दिर निर्माणगरी ग्रामथान प्रति बिश्वास घटाउने कार्य भएको सौनधामी संरक्षण समितिका अध्यक्ष वसन्त चौधरीले जानकारी दिए । सो ग्रामथानका पुजारी(गहदार) बौकाइ चौधरी हुन् भने परियारपुरका ६० घरपरिवारले पुजा अर्चना गर्दै आएका छन् । रामधुनवडा नं. १ लगुना चौकमा पनि उस्तै समस्या रहेको छ । महेन्द्र राजमाग्र छेउमै रहेको जितनधामी ग्रामथान अतिक्रमणमापरी आउ जाउकालागी बाटो समेत बन्द हुने अवस्थामा पुगेकोले पुजाँ अर्चना गर्न समस्या हुने गरेको छ । हालमा चर्चेको जग्गा १ कठ्ठा १० धुर रहेको छ ।

महेन्द्र राजमार्ग संग जोडिएको ग्रामथान अगाडी रहेको जग्गा सोधि खोजी सम्म नभएको समितिका अध्यक्ष श्रवण चौधरीको भनाईरहेको छ । समयमा खोजी निति भएको भए राजमार्ग संगै जोडिएर ग्रामथानको बाटो हुने थियो भनेर अध्यक्ष चौधरीले बताए । बाटो खुलाउन पहल नभए भबिषयमा ग्रामथान बिस्थापितहुने सम्भावना निश्चित देखिन्छ । माथिका तिन वटै ग्रामथान तत्कालै समस्यामा परेको देखिन्छ यस्तै प्रकारका समस्या रामधुनीको ७८ वटा थानमा लगभग ७५ वटामा संकटकै अवस्था रहेको ग्रामथान संरक्षण समिति सुनसरी सचिव साबित्रा चौधरीको भनाई रहेको छ ।
सरोकारवाला जनप्रतिनिधिहरुको धारणा के छ ?
रामधुनी नगरको पहिलोवासी थारु समुदायको पहिचान समेत रहेको ग्रामथान लगायत नगरकै सांस्कृतिक धरोहर सम्पदाहरु संरक्षण प्रति ऐन छन् यसै अनुरुप ग्रामथानको निति, कार्यबिधि, योजना र छुट्टै बजेटको ब्यवस्थापन गर्ने कार्य अगाडी बढाइसकेको नगरप्रमुख जयप्रकाश चौधरीले बताउनु भयो । नगर स्तरीय बजेट वडाहरुमै बितरण भएकोले पनि बिशेष वडाहरुबाट ग्रामथानकालागी बजेट बिनियोजन भएको नगरप्रमुख चौधरीले बताउनु भयो । ग्रामथानलाई सबै पक्षबाट संरक्षण गर्ने नगरपालिकाको दायित्व रहेकोले सो दायित्व पुरागर्नेमा कमि नराख्ने उपमेयर सबिना चौधरीले बताउनु भयो । राधुनी नगरपालिकाको नगरक्षेत्र भित्र ग्रामथान संरक्षणकालागी नीति तथा कार्यबिधि निर्माणमा स्थानिय स्तरबाट सम्बन्धित समुदायले पनि चासो र अग्रसर देखाउनु पर्ने उपमेयर चौधरीले सुझाव ब्यक्त गर्नु भयो ।

वडाबाट ग्रामथानकालागी वडा नं. १ ले सौनधामी, जुराइधामी, बौकाइधामी ग्रामथानमा बजेट उपलब्ध गराएको देखिन्छ तथापी पनि आवश्यक रहेको अवस्था अनुसार उचित बजेटको अभावनै रहेको छ । अन्य वडाहरुमा पनि ग्रामथानमा लगानी गरेको देखिन्छ । वडा नं. ९ ले क्रमागत रुपले बार्षिक रुपमा दश वटा ग्रामथानको भौतिक संरचनाकालागी बिनियोजित बजेट अनुसार काम भैसकेको वडाअध्यक्ष घनश्याम चौधरीले जानकारी दिनु भयो । ग्रामथान रहेको स्थानमा थारु समुदायको वासस्थान रहेको पाइन्छ, जहाँ थारुको वासस्थान छन् त्याहा ग्रामथान रहैकै हुन्छन् भन्दै यो थारु समुदायको मात्र हैन नगरकै पहिचानको मुख्य धरोहर हुन् भन्दै वडा अध्यक्ष चैधरीले आफनो धारणा राख्नु भयो ।
संरक्षणको सवालमा समुदाय स्तरिय रणनीति के हुन सक्छ ?
डिहवार ग्रामथान समस्या ग्रस्त हुदाको अवस्था तिन वटै तहले बेवास्ता गरेको प्रष्ट देखिन्छ । संरक्षणको निति, कार्यक्रम, योजना, बजेटमा भेदभाव भएको अवस्था छ । यस परिस्थितको अवस्थामा ऐतिहासिक बोकेको थान संरक्षणको समुदाय स्तरिय रणनीति बनाउन आवश्यक महसुस गर्नु पर्छ । रणनीतिको आवश्यकता बुद्धागत रुपमा उल्लेख गर्नुपर्दाः
१) थारु बस्ती तथा ग्रामथान भएका प्रत्येक नगरपालिका, गाबिस, वा वडाहरुमा ग्रामथान संरक्षण समितिहरु गठनगरी नगर तथा गाउँपालिका स्तरीय ऐन सहित नीति, कार्यबिधि, योजना, कार्यक्रम बजेट बनाउन दवाब सिर्जना गर्नु पर्ने हुन्छ ।

२) ग्रामथान संस्थागत रुपले अगाडी बढाउन गाउँ वा नगरपालिकाको पञ्जिका अधिकारी समक्ष ग्रामथान र अन्य धार्मिक सम्पदा दर्ता गराउन प्रयत्न र त्तपरता देखाउनु पर्छ ।
३) स्थानिय सरकार सञ्चालन ऐन– २०७४ का आधारमा स्थानीय निकायहरुमा दर्ता प्रक्रृयालाई अगाडी बढाई समुदायको परम्परागत पद्धतिका आधारमा संचालन तथा दर्ता गराउन दबाब सिर्जजना गर्नु पर्नेछ ।
४) जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति र सम्बन्धित स्थान वा क्षेत्रका प्रहरी कार्यालयहरुमा ग्रामथान दर्ता सम्बन्धमा जानकारी स्वरुप ज्ञापन पत्र बझाउनु पर्ने छ ।
५) आवश्यक राष्ट्रिय अन्तराष्ट्रिय कानुन बारेमा अध्ययनगरी समुदाय स्तरीय सचेतना गर्नुपर्ने आवश्क्ता रहेको छ ।
६) ग्रामथान संरक्षणबारेमा बिभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरु संग परामर्श बैठकहरु गर्नु पर्ने हुन्छ ।
७) नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह लाहुर्निप संग र साथै आदिवासी मुद्धामा साकारात्मक भावनाका वकिलहरुबाट सहयोग लिनु पर्ने हुन्छ ।
८) ग्रामथानको धार्मिक तथा सांस्कृतिक महत्वबारे पत्रकारहरुलाई जानकारी वा पत्रकार सम्मेलन गर्दा मुद्धा अगाडी बढ्ने हुन्छ ।
रणनीति प्रक्रृयागत रुपमा बैधानिकता प्रदान पाउने भएकोले चरणबद्ध तरिकाले संघर्षका कार्यक्रम गर्दै राज्यलाई बाध्यकारी बनाउनु पर्ने नितान्त आवश्यक रहेको छ ।
संरक्षणको उपलब्धि
धार्मिक तथा सांस्कृतिक महत्वको ग्रामथान संरक्षणमा नगरको आर्थिक, सामाजिक, पर्यटन, पहिचान संग प्रत्यक्ष जोडिएको छ । ग्रामथान संरक्षणकालागी वडा र नगरस्तरीयबाटै ऐन, कार्यबिधि, योजना, निति, निर्माणगरी कार्यान्व्यन हुनसके मानव सभ्यता कालदेखिनै स्थापना भएको ग्रामथान पर्यटनको पाटोमा जुड्दै आर्थिक लाभ उठाउन बिशेष उपलब्धि हुनेछ । जनप्रतिनिधिमा जुनै ब्यक्ति आएपनि ग्रामथान संरक्षण र प्रवद्र्धनमा निरन्तरता हुने छन । यस्ले राज्यको सम्पदा बिस्थापित र संकटबाट जोगिने छन् ।

थारु समुदायको पहिचान मात्र हैन समुदाय संग जोडिएको भुमि, सांस्कृतिक धरोहरले रामधुनी नगरकै पहिचान संरक्षण हुने छ । आदिवासीहरुको पहिचान र धार्मिक स्थल सुरक्षित हुने छन् । तसर्थ ग्रामथान संरक्षण र प्रवद्र्धन प्रति स्थानिय तहको प्राथमिकीकरणमा पर्नु आवश्यक छ । रामधुनी खबर साप्ताहिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!