Spread the love

३।वैशाख।पथरीशनिश्चरे

पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ को सहयोगमा नेपाल पत्रकार मञ्चले लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको  सहयोगमा नेपाल पत्रकार मञ्चले  विहीबार ४ नं. वडा कार्यालयमा कार्यक्रम संचालन गरेको  थियाे ।

लागुपदार्थको  बारेमा वडाभरीका सामुदायिक विद्यालयका शिक्षक, राजनीतिक दल, युवा, महिला, जेष्ठ नागरिक तथा जनप्रतिनिधिहरुबीच लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम गरिएको नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईले जानकारी दिए ।

उपस्थित सहभागीहरुलाई इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्ण थापाले सहजीकरण गरेका थिए । अन्तरक्रियामा प्रहरी नायव उपरिक्षक थापाले लागू पदार्थ ओासारपसार तथा दुव्र्यसन नियन्त्रण गर्न प्रहरी र समाज एकजुट भएर मात्र सम्भव हुनसक्ने कुरा बताए ।

अन्तक्र्रियामा वडा सदस्य अमरबहादुर बराइलीले प्रहरीको मिलेमतोमा लागूपदार्थ ओसारपसार समेत हुने गरेको आरोप लगाए । उनले लागू पदार्थ दुव्र्यशन नियन्त्रणका लागि प्रहरी र संघसंस्थाबीच समन्वयको कमी भएको बताए । सोही अवसरमा नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्माले प्रशासन, समाज र जिम्मेवार नागरिक नेतृत्वले युवा वर्गमा बढ्दै गएको लागु औषध दुव्र्यसनको समस्यालाई समयमै ध्यान नपुर्याएमा समाज अझ बिग्रँदै र भत्कँदै जाने चिन्ता व्यक्त गरे ।

खराब संगत, पारिवारिक किचलो र डिप्रेसनका कारण कुलतमा फस्ने युवाको संख्या बढिरहेको उनको भनाई छ ।


कार्यक्रमका अध्यक्ष पथरीशनिश्चरे वडा नं. ४ का अध्यक्ष गोविन्दबहादुर भण्डारीले लागू औषध सेवनले पथरीशनिश्चरे नगरपालिकामा प्रमुख चुनौती बन्दै गएको छ। ‘यस्ता समस्याहरु पूर्ण रुपमा अन्त्य गर्न नसकेपनि न्युनिकरण भने पक्कै गर्न सकिन्छ’–वडाध्यक्ष भण्डारीले भने ‘यी समस्याहरु पूर्ण रुपमा अन्त्य गर्न नसकेपनि न्युनिकरण भने पक्कै गर्न सकिन्छ ।

त्यही प्रयास स्वरुप आफुहरुले वडा नं. ४ मा लागू औषध प्रयोग, असर र न्युनिकरण सम्बन्धी अन्तरक्रिया मार्फत् जनचेतना फैलाउने र योसँग सम्बन्धीत अपराध कम गराउनु आवश्यक ठानेर कार्यक्रमकाे आयाेजना गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!