Spread the love

५।वैशाख।इटहरी 

इटहरी दुर्घटना अपडेट : जन्ति बोकेको बसको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिको मृत्यु

 शनिबार साँझ जन्ति बोकेको बसको ठक्करबाट इटहरीमा ठक्कर दिदा गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

 इटहरीको मुख्य चौक नजिकै रहेको पश्चिम लाइनमा शनिबार साँझ ना ५ ख ११११ नम्बरको बसले विपरीत दिशातर्फ जादैँ गरेको को ३३ प २५४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका इटहरी १४ का बिरेन चौधरीको उपचारको क्रममा धरानकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार बस र मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । दुर्घटना लगत्तै घाइते चौधरीलाई उपचारका लागि लगिएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ बस चालक इटहरी १२ बस्ने सन्तोष बिक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।  दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!