Spread the love
 २७ । बैशाख। रंगेली।
मोरङकाे पुरानाे सदरमुकाम  रंगेली नगरपालिका वडा नं ९काे  बेदमारीमा रहेकाे  इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा  आज बिहान लगभग १० बजेतिर भारत बिहार घर भई  देवि इट्टा भट्टामा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० बर्षीय अलिअर मिया खेल्ने क्रममा  पानीको खाल्डोमा डुबी गम्भिर घाईते भएका थिए ।
घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!