Spread the love
आमा यो झाडी हटाइदिउँ।
पिपलले हामीलाई अक्सिजन दिन्छ।
यो मानिसका लागि अति उपयोगी बनस्पति हो।
बोटदेखि पातसम्म पिपलको महत्त्व कति छ कति भनेर अस्ति तपाईंले भन्नुभएको होइन?
केही महिना अघि बुबाले रोपेको पिपल देखाउँदै रबिनले आमालाई सोध्यो।
केहि झाडी यस्ता हुन्छन् जसले केहि बोझ र थोरै धेरै सुरक्षा पनि दिइरहेका हुन्छन्।
यो बनमारा झाडीको कथा पनि उस्तै हो छोरा! मीनाले छोरा रबिनको जिज्ञासा मेटाउने चेस्टा गरिन्।
`उसो भए कथा चाहिँ सुनौँ न पहिले।
´ रबिनले अनुरोध गर्यो। `कथा पछि सुनाउला अहिले झाडीको बारेमा थोरै भन्छु ।
शान्त भएर सुन-´ मीनाले थपिन् ।
`हेर छोरा!अहिले पिपल हुर्कंदै छ।
वरिपरि बनमारा फैलिएको छ।झट्ट हेर्दा पिपललाई छोपेजस्तो देखेपनि यी बनमाराका बोटहरु दु:खका बारहरु पनि हुन्।
जस्ले हावाहुरीबाट कुनै बेला बचाएका छन्।
हेर!बनमारी फुलेपछि उसको जीवनचक्र ओरालो लाग्छ।
यो बनमारा फुल्ने समय हो।
अर्को कुरा पिपल र बनमाराको हाइट कहिल्यै मिल्दैन ।
अब केही महिनामा पिपल हलक्क बढेर ठूलो भएपछि बनमाराहरु आफै पिल्सिएर मर्नेछन्।
जो मृत्युको यात्रामा छन् तिनलाई मार्न जरुरी छैन।
केही महिनामै पिपलले आकाश छुनेछ तर उहीँ पिपलको सेपले बनमाराको अस्तित्व यही भुइँमै बिलय हुनेछ।
´ मीनाको कुरा सुनेर रबिनले मनमनै सोच्यो।
अनि माहिली औँलाले माथि आकाशतिर देखाउँदै टाउको उठाएर अग्लो झ्याम्म परेको हरियो पिपल बोट र शीतल शीतल आभासको कल्पना गरिरह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!