Spread the love

२९ बैशाख।विराटनगर 

विराटनगरको कोसी अञ्चल अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान गरिने भएको छ । अमेरिका–नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा अक्सिजन प्लान्ट जडान गर्न लागिएको जनाइएको छ ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार बैशाख २७ गते भित्रै आवश्यक मेशिनरी तथा उपकरणहरु कलकत्ता बन्दरगाहमा आइपुग्ने जानकारी आएको छ ।

वीर अस्पतालका डाक्टर भुपेन्द्र बस्नेतको पहलमा अमेरिका–नेपाल मेडिकल फाउण्डेशनले अक्सिजन प्लान्ट सहयोग दिन लागेको बताए ।अनुदानमा आउन लागेको अक्सिजन प्लान्ट आएपछि कोसी अस्पतालमा जडानका लागि अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, मेसु दास र बरिष्ठ चिकित्सक डा.दीपक सिग्देलसहित प्रयासरत रहने जनाइएको छ ।

प्लान्ट राख्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने काम सम्पन्न भइसकेको छ । प्लान्ट आएपछि जडान गरेर संचालनमात्रै बाँकी रहने छ ।कोसी अस्पतालले अस्पताल परिसरभित्रै कोभिड उपचारका लागि ६१ सय्याको  अस्पताल संचालन गर्न लागेको हो । ती सवै बेडमा अक्सिजनको आपुर्तिका लागि पाइपलाइन र प्वाइन्टहरु जडान गरिने छ ।

बरिष्ठ चिकित्सक डा.दीपक सिग्देलले अक्सिजन प्लान्ट कोलकत्ता बन्दरगाहमा आइसकेको जानकारी दिए ।उनका अनुसार युरोपबाट आउनु पर्ने प्लान्ट स्वेज नहरमा पानी जहाज अड्किएका कारण समयमै आउन ढिलाई भएको सप्लायर्सले जानकारी गराएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!