Spread the love

२९।वैशाख।सुनसरी

सुनसरी  जिल्ला प्रशासनले बैशाख ३१ गते रातीबाट जिल्ला ठप्प पार्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्शमा पुगेको प्रशासन जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णयमा पुगेको हो ।

संक्रमित र मृतकको संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको हेलचेक्राई नरोकिएको प्रशासनको ठहर छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख ३१ गतेबाट जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गरिन लागेको बताए । उनले  संक्रमणका बिच सर्वसाधारणको गतिविधि चिन्ताको विषय बन्दै गएको समेत बताए ।

प्रशासनले जारी गरेको सूचना अनुसार बैशाख ३१ गतेदेखी १५ दिन सम्म औषधि पसल बाहेकका कुनै पनि पसल खोल्न दिइने छैन् । जिल्ला प्रशासन कार्यालयले डीसीसीएमसीको बैठकले सो विषयमा निर्णय गरेको जनाएको छ । बैठकले अत्यावश्यक बाहेकका अन्य सवारीका साधन संचालनमा समेत पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

प्रशासनले दिएको जानकारी अनुसार अत्यावश्यक सेवाका कार्यालयका कर्मचारीको हकमा विहान र बेलुकी आउजाउ गर्ने समयमा मात्र छुट दिइने छ ।
बैशाख ३१ गतेबाट लागु हुनेगरी निषेधाज्ञामा पूर्ण कडाइ गर्ने प्रशासनले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!