Spread the love

उत्तरपूर्वी भारतकाे आसामको  जंगलमा एकै ठाउँमा १८ वटा हात्ती मृत फेला परेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आसमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार हात्ती मृत फेला परेका हुन्। वन अधिकारीहरूले १४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि पर मृत भेटिएको थियाे ।

राति परेको  पानि सगैचट्याङका कारण यति ठूलो संख्यामा हात्ती मरेको हुन सक्ने अनुमान गरिएको छ।  हात्ती मर्नुको एकिन कारण खुलिसकेको छैन। अधिकारीहरूले पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने बताएका छन्।मुख्यमन्त्री हिमान्ता विश्व कर्माले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै घटनाको छानबिन गरी आफूलाई प्रतिवेदन बुझाउन भनेका छन्।  एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!