Spread the love

३१।बैशाख ।कानेपाेखरी ।

विद्यानन्द चाैधरी 

Open Photo

साविक नाम रहेकाे वयरवनको  नाम तथा पहिचान मेटिएकोले कानेपोखरी वडा नं. ४  वयरवन वजारमा रहेको वयरवन स्वास्थ्यचाैकी नाम रहेकाे लाई हाल   कानेपोखरी अस्पताल वयरवन नामा करणगरे पछि  युवा नेता मनोज राजवंशी र सन्तोष लिम्बुको नेतृत्वको युवाहरुले अस्पताल पुगी विरोध गर्दै पहिचान झल्कीने नाम राख्नु पर्ने माग राखेको छ।

Open Photo

दिलिपकुमार शेर्पाको पनि उपस्थितमा ‘कानेपोखरी अस्पताल बयरवन’ लेखेको बोर्डलाई छोपेर उनिहरुले बोर्डमा मात्र होइन कागजमा पनि नाम सच्याउनुपर्ने  समेत बताएका थिए ।

वडा नं. ४ को वडाध्यक्षलाई भेटी अस्पतालको नामको बारेमा ध्यानाकर्षण गराएका थिए । वयरवन भनेको पुरानो पहिचान बोकेको बजार भएकोले यसको नाम बयरवन अस्पताल हुनुपर्ने सन्तोष लिम्बुले बताए । बयरवन अस्पताल भएन भने चरणबद्धरुपमा आन्दोलन गर्ने पनि उनले बताए ।

स्थानीयहरु हस्ताक्षर संकलन गरी आइतबार गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी रहेको मनोज राजवंशीले बताए । वडाध्यक्ष धनबहादुर राईले यस विषयलाई गाउँपालिकामा छलफलको माध्यमबाट टुङ्ग्याउने समेत बताए  ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!