Spread the love

१७।जेठ।कानेपाेखरी

थारु पत्रकार संघ, नेपालले चलाएको थारु पत्रकारको  लागि आर्थिक सहायता कोषकाे अभियानमा रकम जम्मा हुने सुरु भएको छ । आइतबारसम्म उक्त कोषमा ७ हजार ५ सय जम्मा भएको संघले जनाएको छ ।

आइतबारदेखि सुरु भएको आर्थिक सहयाता कोषमा दाङ घोराही उपमहानगरपालिका १७, गुलरिया निवासी साहत्यिकार, उपप्राध्यायपक प्रेम चौधरी (लब्लिन क्यानभास)ले ५ हजार र तुलसीपुर निवासी ख्याल बगालका अध्यक्ष तथा पत्रकार सवि थारुले १ हजार ५ सय र त्यसै गरी

मोरङ कानेपाेखरी वडा नं २  निवासी तथा थारु पोर्टलका प्रधानसम्पादक विद्यानन्द चौधरीले एक हजार गरी ७ हजार ५सय रुपैया काेषमा जम्मा  भएको संघका अध्यक्ष सन्तोष दहितले जानकारी दिए ।

                             

जेठ १५ गते शनिबार  संघको केन्द्रीय पदाधिकारी र  जिल्ला शाखा  प्रतिनीधिहरुको उपस्थितिमा बसेको भर्चुअल बैठकले थारु पत्रकारहरुको लागि आर्थिक साहयता कोष बनाउने निर्णय गरेको थियो ।

कोषमा जम्मा भएको रकमले संक्रमित थारु पत्रकारहरुको उपचार तथा स्वास्थ्य समग्रीमा सहयोग तथा राहतको लागि सहयोग गरिने छ । त्यसका लागि इच्छुक सहयोगि दाताले थारु पत्रकार संघ नेपाल को नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक लि. पुतलीसडक शाखा खाता नं ११३०१००००३४०५००१ मा रकम जम्मा गर्न सकिने छ । दंगीशरण बखर बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!