Spread the love

२९।जेठ।कानेपाेखरी

मोरङको कानेपोखरी गाउँपालिका वडा नं–३, छाता चाैक घरभएकाे  प्रकास खड्काको घर देखी लगभग २सय मिटररहेकाे  खडकाकै मकै बारीमा वैसाख २०गते १६ बर्षिय पुतली भनिने सीता खवास को  रहस्यमय  हत्या गरेर फ्याकिएको भन्दै पीडित पक्षले  कानेपाेखरी थारु कल्यान कारीणिसभा मार्फत  सहयाेग गरिदिनुहुन भनेर निवेदन दिएका थिए ।

Open Photo

उक्त निवेदन उपर  कानेपाेखरी थारु कल्यान कारीणिसभा केराैन ईकाइकाे  सभापति दिपक चाैधरीकाे अध्यक्षतामा पीडित पक्ष संग २९ गते सनिबार  थारु कल्यानभवनमा  कुरा बुझेका थिए ।साथै यसै विषयमा बेलबारी नगरपालिका  थारु कल्यान कारीणिसभाकाे अध्यक्ष बाबुराम चाैधरी तथा  बेलबारी वडा नं  ७र९का अध्यक्ष क्र .म .स नाथुराम चाैधरी ,अरुण चाैधरी त्यसैगरी  कानेपाेखरी ३ थारु कल्यान कारीणिसभा सचिव गाेपाल चाैधरी र  जिल्ला तथा केन्द्रका समेतका पदाधीकारीहरुकाे उपस्थितीमा घटनाकाे बारेमा मृतकका बुबा पंञ्चु खवास र मामा माईजु  प्रकाश र संञ्जु चाैधरी संग विष्त्रीत रुपमा जानकारी लिएका थिए ।

आफु गरीव भएर प्रशासनले पनी कुनै वास्ता नगरेकाे र  विगत ६ वर्ष देखी मामा माईजुकैमा काम गर्दै बस्दै आईरहेकाे छाेरिगुमाएकाे मा बुबाले याे दाेष माईजुलाई लगाएकाे छ । ३ वजै प्रकाश खडकाकाे  गाई वस्तु ल्याए लगतै आधा घन्टाकाे समयमा छाेरी हरायाे भन्दै आउदा चकीत भएका थिए बुबा पंञ्चु ।

घटना कसरी घटयाे भने ठाेस प्रमाण न जुटेकाे कारण दाेषीलाई कार्बाही हुन सकेकाे छैन तर बेलबारी थारु कल्यान कारीणिसभाकाे अध्यक्ष बाबुराम चाैधरी ले सिङ्गाे थारुकल्यान साथमा रहेकाे र पुःन किटानी जाहेर दिन भनी पिडितलाई सान्तवना दिदै हत्यारालाई कार्वाही गराएर छाडने कुरा जनाए ।

 

आज ३०गते कानेपाेखरी थारु कल्यान र बाेलबारी थारु कल्यान र पिडित पक्ष मिलेर   ईलाका प्रहरी कार्यलयमा गई किटानी जाहिरी दिने कुरा सभापती दिपक चाैधरीले थारु पाेर्टललाई जानकारी दिए ।जव सम्म दाेषीलाई कार्वाही हुदैन थारुकल्यान लागीरहनेकुरा बेलबारी अध्यक्ष बाबुराम चाैधरीले बताउनु भयाे ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!