Spread the love
८।असार।कानेपाेखरी
कोभिडको भ्याक्सिन माग्न मन्त्रालय चाहर्दै महासंघका पदाधिकरिहरु अहिलेको परिस्थितिमा कोभिड बिरुद्धको भ्याक्सिन लगाउने क्रम तिव्र रुपमा बढेको छ । फ्रन्ट लाईनमा कार्य गर्ने र ६० बर्ष उमेर समुहका धेरैले दोश्रो चरणको भ्याक्सिन समेत लगाई सकेका छन ।
Open Photo
तर चलचित्रकर्मि हरुलाई राज्यले वास्ता नगरेको र अहिले सम्म पनि चलचित्रकर्मिहरुले पहिलो चरणको भ्याक्सिन नपाएको भन्दै हिमाल दहालको संयोजकत्वमा नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान , महासचिव दिनेश कोईराला , महासंघका उपाध्यक्ष तथा प्राविधिक संघ प्रदेश १ का अध्यक्ष प्रकाश सुब्बा सहितको टोलि आज प्रदेश १ का बिभिन्न मन्त्रालय गएर प्रदेश १का सम्पुर्ण चलचित्रकर्मि हरुले भ्याक्सिन लाउन पाउनु पर्ने माग सहितको पत्र दर्ता गरेर आएका छन ।
महासंघ द्वारा दर्ता गरिएको पत्रमा अहिले कुनै पनि आपत विपद पर्दा सबै भन्दा पहिला चलचित्रकर्मीहरुनै सहयोग लिएर पुग्ने गरेका छन । जहिले पनि जुनसुकै अवस्था आई पर्दा पनि चाहे त्यो आफ्नो कलाकारिताको माध्यमले होस् या अन्य कुनै माध्यम द्वारा अग्र पंक्तिमा उभिएर काम गर्न अग्रसर भएर अघी बढने चलचित्रकर्मी सधैं तयार रहदै आएको छ ।
       
कलाकार देशका गहना हुन भनेर राज्यले सधैं सम्बोधन गरिरहने यस्ता गहना हरुको सुरक्षाको लागि प्रदेश सरकारले जिम्मेवारी वोध गर्दै प्रदेश १ मा भएका सम्पूर्ण चलचित्रकर्मीहरुको जीवन रक्षाको लागि १५सय, COVID बिरुद्धको भ्याक्सिन उपलब्ध गराई दिनहुन वा प्रदेश १ मा भएका सम्पूर्ण चलचित्रकर्मीहरुको नामावली संकलन गरी COVID बिरुद्धको भ्याक्सिन प्रदान गराई दिन हुन हार्दिक अनुरोध गर्दछौ भनिएको छ ।
Open Photo
महासंघका अध्यक्ष अरुण प्रधानले हामिले प्रदेश १ मा रहेका चलचित्र क्षेत्रमा कार्यरत निर्माता, निर्देशक, कलाकार, प्राविधिक,संगितकर्मि, निर्त्यकर्मी , थारु, मैथली, राजावंशी,खवास लगायत सम्पूर्ण आदिवासी जनजाती चलचित्रकर्मीहरु लाई छिटो भन्दा छिटो पहिलो चरणको भ्याक्सिन उपलब्ध गराईयोस भनेर माग गरेका छौ ।
प्रदेश १ सरकारले भ्याक्सिन उपलब्ध गराए हामि प्रदेश १ का सबै चलचित्रकर्मिहरुलाई खोजि खोजि भ्याक्सिन लाउने काम गर्छौ संयोजक हिमाल दहालले जानकारि गराए । भ्याक्सिन लगाउन महासंघमा नै आवद्ध भएको मात्र हुनु पर्छ भन्ने छैन , जहा आबद्ध भएपनि चलचित्रकर्मि चाहि हुनु पर्यो यति भए हामि लाई पुग्छ महासचिव दिनेश कोईरालाले जानकारि गराए ।
Open Photo
महासंघका उपाध्यक्ष प्रकश सुब्बा ले पहिलो लहर चल्दा महासंघले २२ जनको कोभिड ईन्साेरेन्सको साथै राहत वितरण गरेको थियो , अहिले दोश्रो लहरमा हामि हातेमालो अभियान अन्तर्गत बिभिन्न चलचित्रकर्मि हरुलाई खाद्यान्न , खाना पकाउने ग्यास, स्वस्थ्य समाग्री, अक्सिजन उपलब्ध गराउदै छौ र अहिले हमिले हातेमालो अभियान अन्तर्गत १सय५० भन्दा बढि चलचित्रकर्मिहरुलाई सहयोग गरि सकेका छौ । हातेमालो अभियानमा महासंघ लाई चलचित्र पत्रकार संघ, प्रदेश १, सुनसरि शाखा, डिथ्री अनलाईन, बिषेश अनलाईन , होप धरान, ईनास यु के , प्रतिभा नक्षत्र यु के ले सहकार्य गर्दै आएको छ ।
अब हामि प्रदेश १ सरकार संग भ्याक्सिन मागेर प्रदेश १ का सम्पुर्ण चलचित्रकर्मि हरुलाई भ्याक्सिन लगाउने काम गर्ने छौ अध्यक्ष प्रधान ले जानकारि गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!