Spread the love

असार ९ बुधबार
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका  वडा नं ६ चाेप्राहाकाे  नेवा टाेलमा चट्याङ पर्दा एक जनाएको मृत्युु भएको छ ।
मृत्यु हुनेमा रंगेली ६ नेवा टाेलका २३ बर्षिय नितेश रायकाे रंगेली अस्पतालमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । घर नजिकै  रहेको पिठारीकाे रुख मुनि बसिरहेको बेलामा दिउँसो १ बजे चट्याङ पर्दा ४ जना घाइते भएका छन ।

घाइते हुने हरुमा २६ बर्षका रबिन मंण्डल, ५५ बर्षका अशोक मंण्डल, १७ बर्षका विजय मंण्डल र २५ बर्षिया संगिता यादव समेत घाइते भएका छन ।

     

उनिहरुकाे रंगेली अस्पतालमा उपचार भईरहेकाे  ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!