Spread the love
१० ।असार।पथरी शनिश्चरे
मोरङको पथरी शनिश्चरे नगरको आज नवौं नगरसभामार्फत आर्थिक वर्ष २०७८/७९ का लागि नीति, कार्यक्रम र बजेट पारित भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आर्थिक वर्ष २०७८/७९ का लागि ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यहरुका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन गर्न र खर्च गर्न बनेको ‘विनियोजन विधेयक’ पनि पारित भएको छ । सभामा नीति, कार्यक्रम र बजेट सुझाव सहित पारित भएको छ । सो बारेमा भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।
सोही कार्यक्रममा उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट पत्रकार पुरस्कार, उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार र लेखनवृत्ति समेत वितरण गरिने नगर प्रवक्ता गुरागाईंले वताउनु भयो । जारी कोरोना संक्रमणका कारण एन्टिजेन परीक्षण सहित स्वास्थ्य सतर्कता अपनाएर नगरका जनप्रतिनिधि र कर्मचारी सहभागि भएर वन्दशत्रका रुपमा मात्र नगरसभा सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!