Spread the love

१९।साउन।सप्तरी

सप्तरीमा आज  बसमा ठोक्किएको मोटरसाइकलमा अर्को मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिकामा भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्वतर्फ आउँदै गरेको स ११ प ४०३८ नम्बरको मोटरसाइकल सोही दिशातर्फ आउँदै गरेको बा २ ख ५६८२ नम्बरको यात्रुबहाक बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बसलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर अनियन्त्रित बनेको मोटरसाइकलमा विपरीत दिशाबाट आउँदै गरेको अर्को प्र २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा परेर सप्तरीको शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरी र सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशङ्कर यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमै मृत्यु  भएका चौधरी स ११ प ४०३८ र उपचारका क्रममा मृत्यु भएका यादव अर्को मोटरसाइकलका चालक हुन् । दुर्घटनामा स ११ प ४०३८ नम्बरको मोटरसाइको पछाडि सवार शम्भुनाथ–७ का २८ वर्षीय आन्नद चौधरी र अर्को मोटरसाइकलमा सवार लहान–१० का २३ वर्षीय सोनाम चौधरी घाइते भएको काफ्लेले बताए ।दुर्घटनापछि सवारी साधन र बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!