Spread the love

२०,साउन

कानेपाेखरी । गोरु काटेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकामा  साउन१६ गते शनिबार राति बराहक्षेत्र ७ बुद्धचोकमा गोरु काटेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले ३२ वर्षीय तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार राईलाई पक्राउ गरेको हो ।

चन्द्रबहादुर तामाङको घर पछाडि मासु काटिरहेको अवस्थामा  प्रहरीले पक्राउ गरेको हो  । दाहाल  र राई माथि पशुपंक्षीसम्बन्धी कसुर मुद्धामा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!