Spread the love

२०।साउन।

मोरङको ग्रामथान गाउँपालिका–५ मा रहेकाे  खद्रा नहरमा मङ्गलबार राति मानिससहितको मोटरसाइकल खसेको प्रहरीले जनाएको छ ।

मध्यरातमा नहरमा मोटरसाइकलसहित खसेको भनिएका व्यक्ति भने आज (बुधबार) बिहानसम्म पनि सम्पर्कविहीन छन् । स्थानीयले दिएको जानकारीलाई आधार मानेर प्रहरीले खोजी तीव्र पारेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भएर स ४ प ५३३८ नम्बरको मोटरसाइकलसहित मानिस राति ११ बजेतिर नहरमा खसेको जानकारी स्थानीयले प्रहरीलाई दिएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मोटरसाइकल-चालक भनिएका व्यक्तिको पहिचान पनि खुल्न सकिरहेको छैन । तर खोजी गर्ने क्रममा मोटरसाइकल भने पानी बगिरहेकै नरहमा फेला परेको जानकारी उनले दिए ।

स्थानीयको सहयोगमा खोजी तीव्र पारे पनि उनी भेटिएका छैनन्,’ डिएसपी श्रेष्ठले भने, ‘नहरमा सबै पानी सुकाएर खोजी गरिरहँदा पनि पत्ता लगाउनै मुस्किल भयो । मोटरसाइकल नम्बरका आधारमा पहिचानको प्रयास भइरहेको छ ।’उनका अनुसार हराइरहेका व्यक्ति अर्थात मोटरसाइकल धानीका कोही आफन्त पनि प्रहरीको सम्पर्कमा आएका छैनन् । रातको समयमा ति व्यक्ति कता पुगेर आएका थिए भन्ने पनि खुल्न सकेन । पानी बगिरहेको नहरमा खसेपछि मोटरसाइकल त्यहीँ छाडेर ती व्यक्ति भागेको पनि हुनसक्ने आशङ्का पनि प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!