Spread the love
२१ साउन/
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७६ चैतमा देवीप्रसाद ज्ञवालीको नेतृत्वमा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ आयोग गठन गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले आयोग खारेज गरेपछि मोरङमा सरकारको उक्त निर्णयको विरोध गर्दै ४ सय सुकुम्बासी सडकमा उत्रिएका छन् ।
बुधबार मोरङको सुन्दरहरैचामा सरकारले जनघाती निर्णय गरेको भन्दै सुकुम्बासीहरु आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!