Spread the love
 भदौ २४।पथरी,
मोरङको पथरी शनिश्चरे नगरपालिकाभित्र रहेको पथरी उद्योग वाणिज्य संघको भदौ २८ गते हुने १८ औँ चुनावी साधारणसभाका लागि स्थानीय शिक्षक अर्जुनकुमार बुढाथोकीको नेतृत्वमा निर्मित निर्वाचन आयोगले उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
नाम सार्वजनिक भएलगत्तै प्यानलबद्ध उम्मेदवारको सूचिमा राष्ट्रिय राजनीतिको प्रभाव पनि देखिएको छ । स्थानीय आमव्यापारी–व्यवसायी र उद्योगीमाझ पनि यो खालको राजनीतिक प्रतिस्पर्धा देखिनु पथरी उद्योग वाणिज्य संघका लागि यो पहिलो घटना हो ।
निर्वाचन आयुक्त अर्जुनकुमार बुढाथोकीका अनुसार ३५ जनाको उम्मेदवारी परेकोमा संस्थाको आउँदो कार्यकालका लागि ७ जना पदाधिकारी, १ लेखा संयोजक सहित ६ जना सदस्यहरूलाई संस्थाको सदस्य–मतदाता संख्यामा उल्लेख भएको अभिलेखअनुसार १७ सय २० जना मतदाताले मतदान गर्ने छन् ।
दीपक बस्नेत नेतृत्वको पछिल्लो कार्यसमितिले केही उल्लेख्य कार्यारम्भ गरेको छ । केही कामहरू अधुरा अपूरा छन् । यसको पूर्णता र निरन्तरताका लागि बस्नेतकै नेतृत्वको पक्ष आउनुपर्ने स्थानीय मागसहित एउटा पदाधिकारी पंक्तिको नाउँ सार्वजनिक भएको छ भने एमालेबाहेकको गठबन्धनको राजनीतिक आवरणमा निवर्तमान अध्यक्ष धनकुमार तामाङको नेतृत्वमा अर्को समुहबन्दी उम्मेदवारको नाउँसमेत सार्वजनिक भएको छ ।
सार्वजनिक भएको उम्मेदवारहरूमा संस्थापन पक्षबाट क्रमशः अध्यक्षमा दीपक बस्नेत, वरिष्ट उपाध्यक्ष यादवचन्द्र दुलाल, उपाध्यक्ष आशा राईं, महासचिव अशोककुमार राईं, वाणिज्य सचिव ईश्वरी सापकोटा, उद्योग सचिव मानबहादुर श्रेष्ठ, कोषाध्यक्ष उद्धवराज बस्नेत र लेखा संयोजक कृष्णप्रसाद भट्टराईं छन् भने यसलाई काउण्टर दिँदै एमालेबाहेकको राजनीतिक गन्ध आउने गठबन्धन पक्षले क्रमशः धनकुमार तामाङ, ओमप्रसाद लिम्बू, रवीनकुमार राईं, राजेन्द्र बस्नेत, खेमनाथ ढुंगेल, प्रेमप्रसाद सुवेदी, विजयजंग बस्नेत, चन्द्रप्रसाद सापकोटा देखिएका छन् । निर्वाचन हुने नै भएपछि सामाजिक सञ्जाल एकाएक तातिएको छ । लामो समयसम्म संस्था स्वयंमा सुकुम्बासी थियो, उहाँकै नेतृत्वको कार्यकालमा संस्थाको आफ्नै नाउँमा कार्यालय भवन बन्दै छ ।
आजीवन सदस्यता बृद्धि अभियानमार्फत उद्योगी र व्यापारी–व्यावसायिक वर्गको हितोन्नति चाहने आम मानिसलाई संस्था निर्माणको प्रक्रियामा जोड्ने काम गरेको छ । निर्माणकालदेखि पछिल्लो साधारणसभासम्मको दस्तावेज अभिलेखीकृत स्मारिका प्रकाशन गरेको छ । उद्योग वाणिज्य संघ थियो, अहिले यो महासंघ आवद्ध भएको छ । महासंघमा आवद्ध भएसँगै देशव्यापी नेटवर्क बनेको छ । संस्था समयानुसार प्रविधिमैत्री बनेको छ । यसको सम्पूर्ण रखरखाव र कार्यालय व्यवस्थापनमा नेतृत्व अग्रसर भएको छ ।
यसैको पहल–प्रयत्नमा नगरमै कर कार्यालय आएको छ । महामारीको समयमा पनि स्वास्थ्यसम्बन्धी सावधानी अपनाउँदै व्यापार–व्यावसाय हुन पाएकै थियो, पाएकै छ । न्युन ब्याजदरमा व्यावसायिक र उद्यमशील ऋणको प्रबन्ध गर्न नेतृत्वले अग्रसरता लिएकै छ । आफ्नो कार्यावधिमा नेतृत्वले आफ्नो उद्यमशीलता र उत्पादन अभिवृद्धिमार्फत शहरबजारलाई गाउँ र गाउँघरलाई समाजसँग जोड्ने काम गरेको छ ।
औसत कमजोर व्यापारी–व्यावसायीलाई घरबहाल छुट र सहुलीयतमा ऋण प्रवाह गर्ने काम गरेको छ । नेतृत्वमा युवा उद्यमीलाई क्रमशः अघि सार्ने काम गरेको छ । यी ऐतिहासिक ढंगले थालिएका कामहरू हुन् । यी कतिपय कामहरू बाँकी–बक्यौताको अवस्थामा छन् । यिनै कामको पूर्णताका लागि पटकपटक होइन, एकपटक र यसपटक पथरी उद्योग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेत नेतृत्वको संस्थापन पक्षलाई निरन्तरता दिनुपर्ने मत सामाजिक सञ्जालमा भाइरल भइरहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!