Spread the love
  भदौ २५ ।सुनसरी,
सुनसरी रामधुनी ६ कान्छिचौक-चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ भने पछाडी सवार घाईते भएका छन् ।
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउपाँलिका वडा नं ६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडी सवार सोही स्थानका २१ बर्षीय निरज राईको उपचार भईरहेको छ । गत राती १२ बजे उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाईते भई उपचारको लागी धरानकाे     घोपामा पठाईएको थियो ।
उपचारको क्रममा रितिकको आज बिहान ३ बजे मृत्यु भएको छ । अर्का घाईते निरजलाई थप उपचारको लागी बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ ।दुर्घटना भएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय पकलीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!